थप ३७ बिजुली बस ल्याउँदै साझा यातायात

साझा यातायातले चीनबाट थप ३७ वटा विद्युतीय बस ल्याउने भएको छ। साझाले चीनबाट ल्याउन लागेको विद्युतीय बस शुक्रबार कोदारी हुँदै न्यान्जिङ्गबाट काठमाडौंका लागि छुटेको छ। ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याउन...

सम्बन्धित सामग्री

नेपालमा किन बढेनन् बिजुली बस ?

२४ असार, काठमाडौं ।  बिहीबारदेखि काठमाडौंमा साझा यातायातले पहिलो पटक ३ वटा बिजुली बस सञ्चालनमा ल्यायो । थप ३७ बिजुली बस ल्याउने तय गरिसकेको साझा यातायात सरकारले अनुदान दिएको ३ अर्ब रुपैयाँमध्ये बाँकी रहेको पैसाले पनि विद्युतबाटै चल्ने बसहरु ल्याएर प्रवर्द्धन गर्ने सोचमा छ । तर, निजी क्षेत्र भने अहिलेसम्म पनि ठूला बिजुली बसमा लगानी […]

काठमाडौं आइपुग्यो साझा यातायातका ३ ओटा बिजुली बस, परीक्षणपछि सञ्चालन गर्ने तयारी

वैशाख २४, काठमाडौं । साझा यातायातका तीन ओटा बिजुली बस काठमाडौंंमा आइपुगेका छन् । पहिलो चरणमा ल्याइएका ती बिजुली बस साझाले ललितपुरको पुल्चोकस्थित आफ्नो पार्किङमा राखेको छ । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीले ती बस तयार भएका हुन् । साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ती तीन ओटा बस नेपाल ल्याएको हो ।  साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणि दिक्षितले ती बसको परीक्षण सफल हुनासाथ सरकारी विशेषज्ञको परीक्षणपछि  काठमाडौं उपत्यकाका विभिन्न रुटमा सेवा दिन थाल्नेछन् । उनका अनुसार बाँकी ३७ ओटा विद्युतीय बस पनि आउने  क्रममा रहेको छ । साझाले प्रतिबस डेढ करोड रुपैयाँको लागतमा किन्दैछ । साझाले ४० ओटा बसका लागि करीब ६१ करोड रुपैयाँ खर्चिंदै छ । साझा यातायात सहकारीसँग अहिले ७१ ओटा ठूला बस रहेका छन् ।

साझाले फेरी पायो ३ सय बिजुली बस खरिद गर्ने जिम्मा

काठमाडौं, १३ फागुन । साझा यातायात प्रा.लिले ३ सय वटा बिजुली बस खरिद गर्न जिम्मा पाएको छ । सरकारले बिजुली बस खरिद तथा सञ्चालनको जिम्मा साझालाई दिँदै आएको भएपनि खोसेको थियो । तर फेरी खरिदको जिम्मा साझालाई नै दिएको हो । साझाले पहिलो चरणमा ४० वटा बिजुली बस खरिद गर्दैछ । जसको मुल्य १ अर्ब […]

साझालाई नै ३०० वटा बिजुली बस किन्ने जिम्मा !

३०० वटा बिजुली बस खरिदको जिम्मा पुनः साझा यातायातले नै पाएको छ । यसअघि बिजुली बस खरिद तथा सञ्चालनको जिम्मा साझा यातायात प्रा.लि (साझा सहकारी) लाई दिए पनि खोसेको सरकारले जो जिम्मा फेरि साझालाई नै दिएको हो ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७८ वैशाखमा बिजुली बस खरिद प्रक्रिया अघि बढाउन भन्दै साझालाई पत्र काटेको थियो । सरकारबाट स्वीकृति पाएलगत्तै साझाले बिजुली बस खरिद प्रक्रिया अघि बढाइएको साझा यातायातका महानिर्देशक महेन्द्रराज पाण्डेले रातोपाटीलाई जानकारी दिए ।&l

बिजुली बस किन्न साझाले छान्यो कम्पनी, मोबाइल चार्जदेखि साइकल झुण्ड्याउने सुविधा

कम्पनी छनाेट भएर सम्झौताको चरणमा रहेको साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले जानकारी दिए ।

साझा यातायात कजाउने सरकारी नीति

१ माघ, काठमाडौं । सरकारले पोहोर माघमा साझा यातायातलाई बस किन्न नरोकेको भए यतिबेला काठमाडौंका सडकमा कम्तीमा ५० वटा बिजुली बस गुडिसक्थे । ३ अर्ब रुपैयाँ अनुदान पाएर स्पेसिफिकेसन बनाउँदै गरेको साझालाई स्वार्थ समूहको खेलमा परेर सरकारले बस किन्न नदिने निर्णय गरेर अल्झाइदिएको थियो । त्यसलगत्तै प्रदेश ३ सरकार र काठमाडौं महानगरपालिकाले पनि साझालाई बस […]

बिजुली बस किन्न दिएको रकम व्याजसहित फिर्ता लिने सरकारको निर्णय

काठमाडौँ । बिजुली बस किन्नका लागि सरकारले साझा यातायात सहकारीलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा ...