नेकपा एमाले सचिवालय बैठक आज बस्दै छ। महानगर र उपमहानगरपालिकाको उम्मेदवारकाे विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हाे। बैठक आज (बिहीबार) दिउँसो १ बजे बालकोटमा बस्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनका अनुसार आजकाे बैठकले उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउनेछ। सत्तागठबन्धनले हिजाे नै महानगर र उपमहानगरको भागबण्डा टुंगो लगाइसकेकाे छ।