साफ फुटबल च्याम्पियनसिप नेपाली टोली भारत प्रस्थान

भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश सहभागी हुँदैछन् ।डबल राउण्ड रोबिनको आधारमा हुने उक्त च्याम्पियनसिपको उद्घाटन खेल चैत १ गते नेपाल र भारतबीच हुनेछ ।  त्यसैगरी नेपालले दोस्रो खेल बङ्गलादेशसँग चैत ४ गते खेल्नेछ । नेपालले चैत ७ गते फेरि भारतसँग तथा चैत ९ गते बङ्गलादेशसँ