‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने

फिल्म ‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने भएको छ । फिल्म निर्माण संस्था चलचित्र चौतारी र भारतक वितरक ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौता अनुसार ‘प्रेमगन्ज’ दुबै देशमा एकसाथ रिलिज गर्ने तय भएको हो ।३ भदौमा रिलिज मिति तोकिएको यो फिल्म यही मितिमा पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किम लगायतका सहरहरुका १०० बढी स्क्रिनमा एकसाथ प्रदर्शन हुनेछ ।थुप्रै नेपाली र नेपाली भाषीको बसोबास रहेको भारतमा &nbs