इजरायललाई लेबनानको आरोप, सांसदको घरलाई निशाना बनायो

लेबनानका सञ्चारमाध्यमले इजरायली सेनाले लेबनानी सीमावर्ती शहरहरू रहेका सांसदका घरलाई निशाना बनाई आक्रमण गरेको बताएका छन्। लेबनानी संसदका सदस्य काबालानको घरलाई इजरायली सेनाले निशाना बनाएर आक्रमण गरेको बताइएको हो। इजरायल र लेबनानबीच अहिले पनि युद्ध जारी छ।हिजबुल्लाहले आक्रमणबाट कति जनाको मृत्यु भयो भन्नेबारेमा बताएको छैन। इजरायली सेनाले भने आक्रमणबाट कुनै मानवीय क्षति नभएको दाबी गरेको छ।

सम्बन्धित सामग्री