हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकलाई दुर्घटना बीमा सुविधा उपलब्ध गराउन सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड सलिको (SALICO) सँग सम्झौता गरेको छ। कम्पनीका अनुसार आगामी बडादसैँको घटस्थापनादेखि ग्राहकले सदस्यताको तहअनुसार एक लाखदेखि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन्। विगत २५ वर्षदेखि गरगहनासम्बन्धी व्यवसाय गर्दै आएको जनाएको हिमालयन बुलियनले ग्राहकको सुरक्षा र लगानीलाई ध्यानमा राख्दै […]