आविष्कार केन्द्रमा बन्यो प्लास्टिक फोहरबाट विभिन्न किसिमका फर्निचर बनाउन सकिने मेसिन

राष्ट्रिय आविष्कार केन्द्रले प्लास्टिक फोहरबाट विभिन्न किसिमका फर्निचरहरु बनाउन सकिने मेसि

सम्बन्धित सामग्री

चरेस बनाउने मेसिनसहित सामग्री बरामद

प्रहरीले मालिका गाउँपालिका– २ रुमबाट चरेस बनाउने मेसिन, प्याकेट बनाउन प्रयोग हुने गुल र प्याकिङ गर्ने प्लास्टिक झोला बरामद गरेको छ।

नेपाल फाइभपी अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं (अस) । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल फाइभपी हुने भएको छ । चैत १७ देखि २० गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुर चितवनमा मेला आयोजना गर्न लागिएको हो । उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी कम्पनीका स्टल रहनेछन् । ५ विधाका सम्पूर्ण व्यापारी, व्यवसायीलाई एकै थलोमा एकीकृत गरी व्यावसायिक साझेदारी, नवीनतम प्रविधि प्रदर्शन तथा संवाद गर्न उक्त प्रदर्शनी साझा मञ्च हुने विश्वास आयोजकको छ । प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादक, स्क्रिन प्रिन्टिङ, कन्टेनर, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेयर पार्ट्स, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खाले कागज र स्पेयर पार्ट्स, सिलाइ मेसिनरी उत्पादक, र्‍याप फिल्म उत्पादक, लेबल उत्पादकलगायतको सहभागिता हुनेछ । आयोजकका अनुसार प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सम्बन्धित ख्यातिप्राप्त ब्रान्डका मेसिनद्वारा प्रत्यक्ष प्रदर्शनीसमेत सञ्चालन गरिनेछ । नेपाल सार्क क्षेत्रमा द्रुत गतिमा बढिरहेको बजार हो । यस प्रदर्शनीले हजारौंको संख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ एवं प्रोसेसिङका खरिदकर्तालाई एकै ठाउँ भेला गरी वितरक र खरिदकर्ताबीचको सीधा सम्पर्क प्रवर्द्धन गर्नेछ ।

चितवनमा २२ करोड लगानीमा खुल्यो खाद्य उद्योग

चितवन । चितवनको भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मीपुरमा अत्याधुनिक प्रविधिको खाद्य उद्योग स्थापना भएको छ । मनकामना ग्रुपद्वारा सञ्चालनमा आएको दरबार फुड इन्डस्ट्रिजबाट हाल ‘मेहक’ ब्रान्डका  १६ थरीका मसला उत्पादन सुरु भएको छ । स्वदेशमै गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले उद्योग स्थापना गरिएको मनकामना ग्रुपले जानकारी दिएको छ । मसलालगायत अन्य खाद्यवस्तुको उत्पादन सुरु गर्दासम्म २२ करोड लगानी अनुमान गरिएको यो उद्योग ९ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । निशेधाज्ञाको समय मसलाजन्य उत्पादन सुरु गरिएकामा अन्य उत्पादन निषेधाज्ञापछि थालिने ग्रुपका अध्यक्ष लक्ष्मण अर्यालले जानकारी दिए । ‘एक महिनादेखि नै मसलाजन्य उत्पादन र बिक्री सुरु भइसकेको छ’, उनले भने, निषेधाज्ञापछि अन्य उत्पादनको मेसिन उपकरण जडान गर्नेछौं ।’ निषेधाज्ञापछि दालमोठ, भुजिया र नमकिन, चियापत्ती, कन्फ्लेक्स, कुरकुरे, आलुचिप्सलगायत उत्पादन सुरु गरिने अर्यालले बताए । यो समूहले यसअघि निर्माणजन्य सामग्रीको उद्योग सञ्चालन गर्दै आएको छ । कम्पनीको अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्ने उद्देश्यले खाद्यवस्तु उद्योगमा  लगानी गरिएकोे उनको भनाइ छ । ग्रुपले जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एन्ड क्राफ्ट र एभोकाडो इन्टरनेसनलमार्फत अन्य उद्योगलाई चाहिने केमिकल आपूर्ति गर्दै आएको छ । ‘हामीले पहिले निर्माणजन्य उद्योगमा मात्र लगानी बढायौं’, अध्यक्ष अर्यालले भने, अहिले नयाँ सोच र भिजनका साथ खाद्यय उद्योगमा हात हालेका हौं । अब क्रमशः निर्याततर्फ अगाडि बढ्छौं ।’ हाल जर्मन प्रविधिमा आधारित मेसिनले चार सय केजी मसला उत्पादन गर्नेछ । स्वचालित भएकाले मसलामा चाहिने कच्चा पदार्थको मात्रा मेसिनले नै मिलाएर, प्रशोधन र प्रयोगशाला परीक्षण गरी प्याकेजिङसमेत हुने अध्यक्ष अर्यालले  जानकारी दिए । लामो समयको बजार अनुसन्धान, माग, आपूर्ति र अन्तराष्ट्रिय बजारको अवस्थालाई समेत दृष्टिगत गरी निर्यात गर्ने उद्देश्यल उद्योग स्थापना गरिएको कम्पनीका प्रबन्धक निर्देशक रवीन्द्र शर्मा भुसालले बताए । ‘हामीले धेरै समय लगाएर बजार रिसर्च ग¥यौं र यसको माग, आवश्यकता र आपूर्तिको अवस्था पनि हेर्‍यौं,’ प्रबन्धक भुसालले भने । हाल निषेधाज्ञाका कारण मसलाको मागअनुसार आपूर्ति गर्दै आएको र सहज भएपछि देशभर आपूर्ति हुने गरी उत्पादन गरिने भुसालको भनाइ छ । हाल मसला उद्योगमा प्रत्यक्ष रूपमा ३५ जनाले रोजगारी पाएका छन् । सबै उत्पादन सुरु भएपछि डेढ सयले रोजगारी पाउने उनले बताए । मसलाको आयात र तयारी मसलाको बजार विस्तार गर्ने उद्योगको उद्देश्य रहेको उनले सुनाए । ‘तयारी मसलाको पहुँच ६० प्रतिशत हाराहारी होला । बाँँकी रहेको बजार आधाजति नेपालमा उत्पादन हुन्छ भने बाँँकी बाहिरबाट आउँछ’, उनले भने, सोही कारण मसला उत्पादनबाट सुरु गरेका हौं ।’ यो उद्योगको पूर्वाधार दुई वर्षअघि सुरु गरिए पनि गत महिनाबाट मसला उत्पादन थालिएको हो । नेपालमा वार्षिक साढे १२ अर्ब बराबरको मसलाको कारोबार हुने गरेको बताइन्छ ।

ठोकर्पामा खुल्यो बिउ बैंक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– २ ठोकर्पामा सामुदायिक कृषि बिउ बैंक स्थापना गरिएको छ । पिङडाँडा कृषि सहकारी संस्थाले सहकारी भवन र कृषि बिउ बैंकको उद्घाटन गरेको हो । सहकारीले एक सय स्थानीय र उन्नत जातका बिउको प्रदर्शनीसमेत गरेको छ । गाउँपालिकाको ३२ लाख रुपैयाँ सहयोगमा निर्मित सहकारी भवन र बिउ बैंकको एकैसाथ उद्घाटन गरिएको हो । ‘पुराना जातका बिउको संरक्षण र नयाँ जातका बिउको प्रवद्र्धन गर्न बिउ बैंक स्थापना गरिएको हो’, संस्थाका अध्यक्ष हिमबहादुर आचार्यले भने । अब कृषकले गाउँमा कृषि उत्पादन गर्न सबै बिउ बैंकमार्फत प्राप्त गर्न सक्नेछन् । स्थानीय ठाउँमा उत्पादन गरिँदै आएका सबै प्रकारका बिउ संरक्षण गर्दै त्यसको निरन्तर उत्पादनमा लाग्ने र कृषकको आवश्यकता र मागअनुरूप हाइब्रिड बिउसमेत बैंकबाट प्राप्त गर्न सकिने सहकारीका कोषाध्यक्ष रोशन न्यौपानेले जानकारी दिए । बैंकबाट किसानले किरा तथा रोग सहन सक्ने बिउ खरिद गर्न सक्ने उनले बताए । लोपोन्मुख कृषि बिउ बैंकमा रहनेछन् । बिउ अभाव र खाद्य संकट रोक्न बिउ बैंकको महत्वपूर्ण भूमिका रहने कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले जानकारी दिए । कार्यक्रम स्थलमा २३ वटा समूहले छुट्टाछुट्टै बिउका स्टल प्रदर्शनीमा राखेका थिए । स्थानीयदेखि उन्नत प्रजातिका करिब एक सय प्रकारका बिउको प्रदर्शन गरिएको कोषाध्यक्ष न्यौपानेले बताए । पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भवनको उद्घाटन गरे । कृषकले उत्पादन गरेका सामग्री बिक्री र तिनलाई आवश्यक कृषिजन्य सामग्री एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले आवश्यक सहयोग गरेको गाउँपालिका अध्यक्ष श्रवण जिसीले बताए । गाउँपालिकाले तरकारी पकेट क्षेत्रको रूपमा सहकारीको सेवा क्षेत्रलाई विकास गर्नेसमेत जिसीको भनाइ छ । सहकारी स्थापनाको पाँच वर्षमा सुनकोशी गाउँपालिका– १ र २ का कृषकको सारथि बन्न सफल भएको संस्थाका अध्यक्ष आचार्यको दाबी छ । ‘कृषकलाई सबै प्रकारका बिउ, मलसँगै पशुपालनका लागि सरल कर्जा र बिमा व्यवस्था गरिएको छ’, आचार्यले भने, ‘यो वर्ष एक घर एक टनेल र प्लास्टिक पोखरीले पूर्णता पाउनेछ ।’ सहकारीकै समन्वयमा गत महिना माटो परीक्षणसमेत गरिएको थियो । सोही कार्यक्रममा कृषि ज्ञान केन्द्र धुलिखेलबाट प्राप्त कृषि उपकरण कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो । सुनकोशी गाउँपालिका–१ र २ का कृषकलाई ३८ वटा मिनिटे«लर, १० वटा मकै पिस्ने मेसिन, मकै छोडाउने कन्सेलर, त्रिपाललगायत सामग्री वितरण गरिएको थियो ।