एमसीसीबारे सर्वदलीय बैठकमा विवाद, माओवादी र नेकपा (एस)ले भने- यथास्थितिमा पास गर्न सकिँदैन

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का विषयमा सत्ता गठबन्धन दलबीच विवाद भएको छ । संसद अवरोध खुलाउन र एमसीसीबारे साझा धारणा बनाउन बालुवाटारमा बसेको सर्वदलीय बैठकमा गठबन्धन दलबीच नै विवाद भएको हो ।  सत्ता गठबन्धनका दलहरूले यथास्थितिमा एमसीसी पास गर्न नमिल्ने बताए । कांग्रेसले भने संसद अवरोधका बीच भए पनि एमसीसी पास गर्नुपर्ने जनाएको थियो ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले संशोधनविना एमसीसी पास गर्न नहुने ध...