गभर्नरलाई बर्खास्त गर्न कति सहज ? यस्तो छ कानुनी ब्यबस्था

नेपाल राष्ट्र बैंकका गभर्नरलाई बर्खास्त गर्न माग गर्दै पुँजी बजार सुधार संघर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्र बैंकबाट पुंजी बजारको अस्तित्व नै धरापमा पार्ने गरि विभिन्न समयमा नियोजित तयार गरिएका नीति कार्यक्रम र कार्य नीतिहरुले समग्र पुंजीबजार अगाडी बढ्न नसकेको भन्दै समितिले गभर्नरको राजिनामा मागेको हो । तर गभर्नरको बर्खास्ती त्यति सहज भने छैन । नेपाल राष्ट्र बैंक २०५८ मा गभर्नरको नियुक्ति र उनी पदमुक्त हुन सक्ने ब्यबस्था छ । गभर्नर नेपाल राष्ट्र बैंकको संचालक समितिको अध्यक्ष समेत हुन् । नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरलाई पदमुक्त गर्न सक्ने ब्यबस्था छ । तर नेपाल सरकारले यसरी पदमुक्त गर्नु भन्दा अघि आफ्नो सफाइ पेश गर्ने उचित अवसर दिनु पर्ने छ । गभर्नरलाई पदमुक्त गर्नु परे जाँचबुझ समितिको सिफारिसमा आवश्यक पर्छ। समितिबाट छानबिन गराई समितिले पेश गरेको सिफारिसको आधारमा गभर्नरलाई पदमुक्त गर्न सकिने ब्यबस्था छ। को को हुन्छ समितिमा ?नेपाल सरकारले जाँचबुझ समिति बनाउनु पर्छ । समितिमा सर्वोच्च अदालतबाट अवकाश प्राप्त न्यायाधीशमध्येबाट नेपाल सरकारले तोकेको व्यक्ति अध्यक्ष रहन्छ । त्यस्तै आर्थिक, मौद्रिक, बैड्ढि·, वित्तीय, वाणिज्य तथा व्यवस्थापन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट नेपाल सरकारले तोकेको दुईजना व्यक्ति सदस्य रहन्छ ।  जाँचबुझ समितिले जाँचबुझ  गरी आफ्नो राय ठहर सहितको सिफारिस नेपाल सरकार समक्ष पेश गर्नु भन्दा अघि गभर्नरसंग बयान लिन वा सोधपुछ गर्न सक्नेछ ।  समितिले जाँचबुझ को सिलसिलामा अपनाउनु पर्ने कार्यविधि आफैले निर्धारण गर्न सक्नेछ । समितिले राय ठहर सहितको आफ्नो सिफारिस एक महिनाभित्र नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ । तर छानविन सुरु हुना साथ गभर्नर निलम्बनमा पर्ने छन्।कस्तो अवस्थामा पदमुक्त गर्न सकिन्छ ? नेपाल राष्ट्र बैंक ऐनमा विभिन्न ६ वटा अवस्थामा गभर्नर पदमुक्त हुन सक्ने उल्लेख छ । १. राष्ट्र बैंक ऐनको दफा २१ बमोजिम सञ्चालक हुन अयोग्य भएमा गभर्नर पदमुक्त हुन सक्छन्। निम्न अवस्थामा राष्ट्र बैंकको संचालक हुन अयोग्य भएको मानिने छ । -राजनैतिक दलको सदस्य वा पदाधिकारी भएमा, -वाणिज्य बैड्ढ वा वित्तीय संस्थास“गको कुनै कारोबारमा कालो सूचीमा परेको व्यक्ति, वा-वाणिज्य बैड्ढ तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी, वा-वाणिज्य बैड्ढ तथा वित्तीय संस्थामा पा“च प्रतिशत वा सो भन्दा बढी शेयर वा मतदानको अधिकार भएको व्यक्ति, वा-ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको व्यक्ति, वा- बहुलाएको व्यक्ति, वा-नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको व्यक्ति ।२. राष्ट्र बैंक ऐन बमोजिम बैड्ढको उद्देश्य हासिल गर्नको निमित्त बैड्ढले गर्नु पर्ने कार्यहरु कार्यान्वयन गर्न, गराउन कार्य क्षमताको अभाव भएमा । ३. मुलुकको बैड्ढि· तथा वित्तीय व्यवस्थामा हानि नोक्सानी पुग्ने कार्य गरेको देखिएमा । ४. बैड्ढको काम कारबाहीमा बेइमानी वा बदनियत गरेको देखिएमा । ५. खराब आचरणको कारणबाट कुनै पेशा वा व्यवसाय गर्नबाट अयोग्य ठह¥याई प्रमाणपत्र खोसिएको वा व्यवसाय गर्न रोक लगाइएकोमा ।  ६. मनासिब माफिकको कारण बिना लगातार तीनपटक भन्दा बढी समितिको बैठकमा अनुपस्थित भएमा ।यी ६ वटा अवस्था बाहेक अन्य कारणबाट गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाई हटाउन नसकिने ब्यबस्था राष्ट्र बैंक ऐनले गरेको छ । 

सम्बन्धित सामग्री

रोपवेले किसानलाई सहज

रुकुम (पूर्व)मा ग्राभिटी गुड्स रोपवेले गर्दा किसानलाई आफ्नो उत्पादन बजारमा पुर्‍याउन सहज भएको छ।...

जर्मनीको सहज जित

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले सहज जित दर्ता गरेको छ । जर्मनीले घरेलु मैदानमा दक्षिण अमेरिकी प्रतिद्धन्द्धी पेरुमाथि २–० को सहज जित हात पारेको हो । जर्मनीको जितमा दुवै गोल निकलस फुलक्रगले गरे । उनले पहिलो हाफमै गोल गर्न सफल भएका थिए । काई हाभर्टजले दोस्रो हाफमा पेनाल्टी चुकाएका थिए । मेवा एरिना माइन्ज […]

आइजिपी बढुवामा सरकारलाई सहज

सर्वोच्च अदालतले सरकारलाई प्रहरी महानिरीक्षक (आइजिपी) बढुवा गर्न सहज बनाइदिएको छ।

सर्बियाविरुद्ध सहज छैन ब्राजिललाई

पोर्चुगलका लागि यो समूह सहज भने छैन। किनकि यो समूहमा उरुग्वे र दक्षिण कोरिया छन्। यता, घाना पनि क्षमतावान् युवा खेलाडीले भरिएको छ।...

युभेन्ट्सको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सहज जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा स्पेजियालाई २–० ले पराजित गरेको हो । घरेल मैदानमा युभेन्ट्सको सहज जितमा डुसान भ्लाहोभिच र अर्केडिएस मिलिकले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल गर्न सफल भएका थिए । एलिएन्ज एरिना टुरिनमा बुधबार राति भएको खेलको नवौं […]

सहज च्यालेन्ज फण्डका लागि आवेदन खुल्यो

सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम (NAMDP) र आइडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड - दोस्रो चरण’ का लागि आवेदन खुला गरिएको छ ।

डेनमार्कको सहज जित

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप १ मा डेनमार्कले सहज जित निकालेको छ । घरेलु मैदानमा डेनमार्कले अष्ट्रियामाथि २–० को सहज जित निकालेको हो । कोपेनहेगनमा सोमबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा जोनास वाइन्ड र एन्ड्रिएस स्कभ ओल्सेनले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको २१औं मिनेटमा जोनास […]

सहज च्यालेन्ज फण्डका लागि खुल्यो आवेदन

सहज च्यालेन्ज फण्डका लागि आवेदन खुलेको छ । नेपाल कृषि बजार विकास कार्यक्रम र आइडिया स्टुडियो नेपालको सहकार्यमा सहज च्यालेन्ज फण्डका लागि आवेदन खुला गरिएको हो ।

युभेन्ट्सको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सहज जित निकालेको छ । घरेलु मैदानमा युभेन्ट्सले क्याग्लिएरीलाई २–० ले पराजित गरेको हो । एलिएन्ज स्टेडियम टुरिनमा युभेन्ट्सको सहज जितमा मोइस किन र फेडरिको बर्नरडेस्चीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । प्रतिस्पर्धात्मक खेलको ४०औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई […]

खेलाडीलाई खोप, प्रशिक्षणमा सहज

कोरोना विरुद्ध खोप लगाएपछि अब प्रशिक्षणमा सहज भएको खेलकर्मीले बताएका छन् । पोखरा रंगशालामा शुक्रबार खेलाडीले कोरोना विरुद्ध दोस्रो डोज खोप लगाएका छन । खेलाडीले दोस्रो चरणमा खोप लगाएपछि खेलकुद गतिविधिमा केही सहज भएको उनीहरुको भनाई छ ।...