भारतमा धार्मिक स्वतन्त्रता कमजोर : यूएससीआईआरएफ

बीबीसी। धार्मिक स्वतन्त्रता मूल्यांकन गर्ने अमेरिकाको 'यूएस कमिसन अन इन्टरनेसनल रिलिजियस फ्रिडम' (यूएससीआईआरएफ)ले भारतमा २०२० मा सबैभन्दा धेरै धार्मिक स्वतन्त्रता उल्लंघन भएको बताएको छ। संस्थाले भारतलाई 'कन्ट्रिज अफ पार्टिकुलर कन्सर्न'को सूचीमा राख्नुपर्नेसमेत धारणा राखेको छ। यूएससीआईआरएफले भारतलाई सुझाव दिँदै भनेको छ- अमेरिकाले भारतसँग यसबारे निरन्तर सुनुवाइको माध्यमबाट, पत्र र प्रतिनिधि मण्डल गठनबाट कुरा उठाउनु आवश्यक छ।

सम्बन्धित सामग्री

भारतमा धार्मिक स्वतन्त्रता कमजोर : अमेरिका

अमेरिकाले धार्मिक स्वतन्त्रताको विषयमा भारतमाथि प्रश्न उठाएको छ । अमेरिकी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनले भारतमा अल्पसंख्यक समुदायमाथि आक्रमण बढेको जनाएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले मे १५ मा जारी गरेको प्रतिवेदनमा भारत, चीन, रुस र साउदी अरबलगायत देशमा अल्पसंख्यकमाथि आक्रमण बढेको उल्लेख छ ।