बझाङमा समाजवादी र एमालेका गुरु चेलाबीच कडा प्रतिस्पर्धा

बझाङ । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बझाङमा मतगणना जारी छ । बझाङको मतगणनामा रोचक प्रतिस्पर्धा देखिएको छ । मतगणनामा कहिले नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी त कहिले नेकपा एमालेका उम्मेदवार ऐन महर अघि लाग्ने गरेका छन् । समाजवादीका उम्मेदवार जोशीले १६ हजार १७३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार महरले १६ हजार ७१ […]

सम्बन्धित सामग्री

पाँचथरमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, काँग्रेसका आङदेम्वे २२ मतले अगाडि

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पाँचथरमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वे झिनो मतान्तरले एमालेका नेम्वाङभन्दा अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार आङदेम्वेले १२ हजार ९११ मत प्राप्त गरेका छन् भने नेम्वाङ १२ हजार ८८९ मतसहित उनलाई पछ्याइरहेका छन् । यी दुई बीच जम्मा २२ मतको अन्तर छ । सो क्षेत्रमा राप्रपाका कमलबहादुर चेम्जोङले ६८८ मत प्राप्त गरेका छन् ।

कालीकोटमा माओवादी केन्द्र र एमालेको कडा प्रतिस्पर्धा

कालीकोटमा जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवार र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । जिल्लाको शुभकालिका गाउँपालिका, महाबै र तिलागुफा नगरपालिका–१ को मतगणना गर्दा गठबन्धन दलका...

योगेश भट्टराई मतान्तर घटाउँदै, बुढाक्षेत्रीसँग कडा प्रतिस्पर्धा

ताप्लेजुङ - नेकपा एमालेका सचिव योगेश भट्टराई र गठबन्धन तर्फका उम्मेदवार माओवादीका खेलप्रसाद बुढाक्षेत्रीको कडा प्रतिस्पर्धा देखिएको छ । गठबन्धनका खेलप्रसाद बुढाक्षेत्रीले १७ हजार ७१३ मत प्राप्त गर्नु भएको छ भने सचिव भट्टराईले १७ हजार ६२२ मत प्राप्त गर्नु भएको छ । उहाँहरुको मतान्तर ९१ मात्र रहेको छ ।   अहिले सम्ममा ३८ हजार ८ सय १७ मत गणना भएको छ  भने ९ हजार ५५५ मत गर्न बाँकी छ ।   दुईवटा ठाउँ बनाएर मतगणना गरिँदै छ । दुवैमा प्रतिनिधि सभाको मत गणना गरिँदै गरेको निर्वाचन कार्यालयले...

ललितपुर–१ मा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा ललितपुर क्षेत्र नं १ मा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेकाे छ ।  अहिलेसम्म खसेका जम्मा मत ३८ हजार २३२ मध्ये नेपाली कांग्रेसका उदय शमशेर जबराले ८ हजार ५९७ मत पाउनुभएकाे छ । यस्तै उहाँका प्रतिद्वन्द्वी एमालेका नवराज सिलवाल ८ हजार ४३१ मत पाउनुभएकाे छ । दुवैबीच १६६ मतकाे अन्तर छ । अहिले ललितपुरकाे चापागाउँ १० र छप्पीमा मत गणना हुँदै छ ।

मनाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

मनाङमा कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।  अहिलेसम्म २५७३ मत गन्दा काग्रेसका टेकबहादुर गुरुङ  १२८८ ल्याएर अग्र स्थानमा छन् भने एमालेका पोल्देन छोपाङ गुरुङ १२७१  मतका साथ टेकबहादुरलाई पछ्याइरहेका...

तुलसीपुर उपमहानगरमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

७ जेठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी र नेकपा एमालेका टीकाराम खड्का झिनो मतअन्तरले अगाडि–पछाडि छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका खड्का ७१ मत अन्तरले अगाडि छन् । हालसम्म २५ हजार ६८३ मत गणना हुँदा […]

हेटौँडा उपमहानगरमा कडा प्रतिस्पर्धा, पछिल्लो मत परिणाममा गठबन्धन अगाडि

हेटौंडा – हेटौँडा उपमहानगरपालिकामा गठबन्धन अगाडि छ । गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीना लामाले ५ हजार ८५० मत ल्याउँदा राप्रपाका दीपकबहादुर सिंहले ५ हजार ४ सय ५८ पाउनुभएको छ । एमालेका अनन्त पौडेलले ४ हजार ८ सय ३१ मत ल्याउनु भएको छ । हेटौँडामा गठबन्धन, एमाले र राप्रपाको कडा प्रतिस्पर्धा देखिएको छ ।

भरतपुरमा रेनु दाहाल र विजय सुवेदीबीच कडा प्रतिस्पर्धा

भरतपुर महानगरपालिकामा ५ हजार ६७७ मत गन्दा मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा देखिएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी रेनुले दुई हजार ३८ मत ल्याउँदा एमालेका सुवेदीले एक हजार ९९८ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६६१ मत पाएका छन् ।उपमेयरमा भने गठबन्धनका तर्फबाट काँग्रेसका चित्रसेन अधिकारीले दुई हजार २४० मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले एक हजार ६०२ मत पाएकी छन् ।

गोरखा नगरपालिकामा काँग्रेस र एमालेको कडा प्रतिस्पर्धा

गोरखा नगरपालिकामा एमाले र काँग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । वडा नं १ २ ३ र ४ को मतगणना सम्पन्न हुँदा नेपाली काँग्रेसका राजन राज पन्तले २१२९ तथा नेकपा एमालेका सम्झँदा देवकोटाले २१०४ मत प्राप्त गरेकी छन् । यसैगरी माओवादी केन्द्रका उम्मेदवार कृष्ण बहादुर रानाले १६५८ मत पाएका छन् । गोरखामा माओवादी र जसपाबीच तालमेल भएपछि माओवादीका उम्मेदवार पछाडि परेका छन् ।

रामधुनीमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

सुनसरीको रामधुनी नगरपालिकाको प्रारिम्भक चरणको मतगणनामा कांग्रेस र एमालेका उम्मदेवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।...