रौतहट : जनता आवास कार्यक्रमको नाममा जताततै जनता रुवाउने काम भएको पाइएको छ। दलित तथा विपन्नलाई सुविधा सम्पन्न आवास दिने सरकारको जनता आवास योजनाका कारण रौतहटका दर्जनौँ दलित परिवार बिचल्ली बनाएको हो।जनता आवास कार्यक्रम अन्तर्गत ५ वर्ष पहिला बनाउन सुरु गरेका घरको काम हालसम्म सम्पन्न नभएका कारण सो बस्तीका २२ घर परिवारको बिचल्ली भएको हो।रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ९ खोरिया टोलका २२ घर परिवारलाई जनता आवास कार्यक्रमले बिचल्ली बनाएको पाइएको छ। जनता आवास कार्यक्रमले गाउँमा पक्की घर बनाइदिने भएप