प्रधानन्यायाधीश कार्की सेवानिवृत्त, कामु प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ

काठमाडौं । नेपालको न्यायिक इतिहासमै सबैभन्दा छोटो कार्यकालका लागि प्रधानन्यायाधीश रहनुभएका हरिकृष्ण कार्कीले शनिबार सेवानिवृत्त हुनुभएको छ। कार्की प्रधानन्यायाधीशका रूपमा जम्मा ५० दिन रहनुभएको थियो। न्यायलयमा देखापरेका विकृतिविसंगति सुधारका लागि आफैंले बनाएको प्रतिवदेनसमेत कार्यान्वयन गर्न नपाउँदै कार्कीले नियमित अवकाश पाउनुभएको हो। सर्वोच्च अदालतमा आइतबारदेखि प्रधानन्यायाधीश रिक्त भएको हो। न्यायपरिषद्ले कार्कीलाई दिएको पत्रमा वैयक्तिक विवरण अभिलेखका […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश श्रेष्ठ भारत भ्रमणमा

काठमाडौं : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारत भ्रमणमा गएका छन्। भारतका प्रधानन्यायाधीश डा.डी वाई चन्द्रहुडको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानन्यायाधीश श्रेष्ठ शनिबार नेपाल वायु सेवा निगको विमानमार्फत नयाँदिल्ली प्रस्थान गरेका हुन्। प्रधानन्यायाधीश श्रेष्ठ भारतीय सर्वोच्च अदालतको ७५ औं वार्षिकोत्सवमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए। उनका अनुसार प्रधानन्यायाधीश श्रेष्ठका साथमा उनकी पत्नी रोशनी अमात्य

भारतीय सर्वोच्च अदालतकाे हिरक जयन्तीमा पुगे प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारतको सर्वोच्च अदालतको स्थापना दिवस मनाउन भारत पुगेका छन्।...

समकक्षीकाे निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ चीन प्रस्थान

काठमाडौँ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आज चीन प्रस्थान गरेका छन्। चीनको सर्वोच्च जनअदालतका प्रधानन्यायाधीशको निमन्त्रणमा श्रेष्ठ नेतृत्वको टोली ७ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेको हो। भ्रमणका क्रममा प्रधानन्यायाधीश श्रेष्ठले कात्तिक १५ देखि १७ गतेसम्म चीनको सर्वोच्च अदालतको अवलोकन गर्ने सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। भ्रमण दलले चीनका प्रधानन्यायाधीश तथा अदालतका उच्च अधिकारीहरूसँग औपचारिक भेटघाट गर्नेछ। भ्रमण टोली चाइना ल सोसाइटीको आ

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ- विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम कामु प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । गत साउन १८ गतेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संवैधानिक परिषदको सिफारिसपछि श्रेष्ठको नाम संसदीय सुनुवाइ […]

३१औं प्रधानन्यायाधीशमा सिफारिस विश्वम्भरप्रसाद श्रेष्ठ को हुन् ?

काठमाडौं,१९ साउन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्की भोलिबाट अनिवार्य अवकाशमा जाँदैछन् । गत असार १ गतेबाट ३०औं प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । नेपालको संविधान अनुसार संवैधानिक निकायका पदाधिकारी हरुको पद रिक्त हुनु एक महिना अगाडिनै संवैधानिक परिषद्को बैठकबसी नाम सिफारिस गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री अध्यक्ष […]

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा संवैधानिक इजलासमा बहस सुरू

इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा रहेका छन्।...

अघिल्लो सरकारले गरेकाे संवैधानिक नियुक्तिविरुद्धको मुद्दामाथि सुनुवाइ हुँदै

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले उक्त मुद्दाको सुनुवाइ गर्नेछ।...

प्रधानन्यायाधीश जबराले तोके ८ वटा पेसी, आफ्नो एकल इजलास तोकेनन्

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि ८ वटा पेसी तोकेका छन् । अन्य दिन आफ्नो एकल इजलास तोकेर मुद्दाको सुनुवाई गरेका प्रधानन्यायाधीश जबराले शुक्रबार भने आफूलाई न्यायाधीश कुमार चुडालसँग संयुक्त इजलासमा पेसी तोके । प्रधानन्यायाधीश जबराले शुक्रबार तोकेका पेसीमा दीपकुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, टंकबहादुर मोक्तान र हरि फुयाल प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्मा तथा चोल