सिंगामा व्यावसायिक रुपमा सयपत्री फूलको खेती

म्याग्दीको बेनी नगरपालिका–४ सिङगामा व्यावसायिक फूलखेती गरिएको छ। तिहार पर्वलाई लक्षित गरेर हरियाली ग्रुप प्रालिले व्यावसायिक रुपमा सयपत्री फूल उत्पादन गरेको हो। आँगेबगर र सिङ्गामा दुई/दुई रोपनी क्षेत्रफलमा फूलखेती गरिएको हरियाली...

सम्बन्धित सामग्री

हङकङमा पहिलो पटक सयपत्री फूल निर्यात गर्ने तयारीमा चितवनका किसान

चितवन । फूल खेती गर्दै आएका चितवनका किसानले हङकङमा फूल निर्यात गर्ने तयारी गरेका छन् । कालिका नगरपालिका–२, पदमपुरका किसान गोविन्द बास्तोला सहितका किसानले तिहारका लागि लगाइएको सयपत्री फूल हङकङ निर्यात गर्न लागेका हुन् ।  बिहीवार निर्यातको शुभारम्भ गर्न लागिएको किसान बास्तोलाले जानकारी दिए । सयपत्री फूल चितवनबाट पहिलो पटक हङकङ पठाउन लागिएको उनको भनाइ छ । ‘अहिले पहिलोे चरणमा स्याम्पलको रूपमा हङकङमा एक हजार माला र दुई क्विन्टल सयपत्री पठाउने तयारीमा छौं,’ उनले भने, ‘त्यसपछि उताबाट राम्रो प्रतिक्रिया आए थप चार हजार माला पठाउने छौं ।’ हङकङमा नेपाली व्यवसायीको मागअनुसार माला निर्यात गर्न लागिएको उनले बताए ।  बास्तोलाले पदमपुरमा तीन बिघामा फूलखेती गरेका छन् । उनले कृषि फार्म सञ्चालन गरेर व्यावसायिक फूल खेती गर्दै आएका छन् । हाल कालिका नगरपालिकाका किसान फूल निर्यात गर्न लागिए पनि आगामी दिनमा अन्य किसानसँग सहकार्य गरी निर्यात गरिने उनको भनाइ छ । ‘यो शुरुवाती मात्रै हो, फ्लोरिकल्चर एशोसिशयन नेपालका सदस्य समेत रहेका बास्तोलाले भने, ‘राम्रो भयो भने बाह्रैमासे फूल निर्यात गर्ने हाम्रो योजना छ ।’  सयपत्रीका दुई जात ‘टेनिस बल’ र ‘कलकट्टे’ निर्यात गर्न लागिएको उनले जानकारी दिए । यो जातको फूलको माला तिहारमा बढी लगाउने गरिन्छ । उनका अनुसार कात्तिक २४ गते राति काठमाडौंबाट हङकङ जाने जहाजमार्फत फूल पठाइनेछ । त्यसका लागि कात्तिक २३ गते नै फूल व्यवस्थापन गरिनेछ ।  यसका लागि फूल टिप्ने, माला बनाउने र प्याकेजिङ कार्य भइरहेको र कार्गो सर्भिसबाट पठाउन लागिएको उनको भनाइ छ । अर्का किसान घनश्याम बास्तोलाले चितवनबाट सयपत्री फूल पहिलो पटक निर्यात गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए । ‘यो चितवन समग्र नेपालकै किसानको लागि खुशीको कुरा हो,’ उनले भने, ‘यसले हामी मात्र नभई अन्य किसानलाई समेत हौसला र प्रेरणा दिन्छ ।’ हङकङसँगै थाइल्यान्डबाट पनि फूलको माग आएको उनले बताए । गोविन्दले भने, ‘पहिला हामी हङकङ निर्यात गर्छौं, कस्तो हुन्छ हेरौं अनि बिस्तारै थाइल्यान्ड पनि निर्यात गर्नेछौं ।’ नेपाली एक सय रुपैयाँ फूलको माला र ५०० रुपैयाँ किलोमा थुँगा फूल निर्यात गर्न लागिएकोे उनले बताए । उनले भने, ‘अहिले विदेशमा बेचिने र नेपालमा बेचिने मूल्य एउटै राखेका छौं । फक्रिएका फूल खेर नजाउन र नओइलियोस् भन्ने उद्देश्य पनि हो ।’  फ्लोरिकल्चर एशोसिएशन चितवनका सचिव सुलभ श्रेष्ठका अनुसार तिहारका लागि चितवनमा ५० बिघामा फूलखेती गरिएको छ ।  यस वर्षको तिहारमा चितवनलाई यहीको उत्पादनले पुग्ने अपेक्षा गरिएको छ । फ्लोरिकल्चर एशोसिएशनले चितवनमा चार लाख फूलको माला माग हुने जनाएको छ । चितवनमा तिहारका लागि फूलखेती गर्ने किसान सय जनाको हाराहारीमा छन् । फ्लोरिकल्चर एशोसिएशनले एउटा मालाको खुद्रा मूल्य एक सय र खुला फूलको मूल्य ५०० रुपैयाँ निर्धारण गरेको छ ।

सयपत्री फूल खेतीबाट आम्दानी गर्दै युवा

देउखुरी (दाङ), १७ कात्तिक । लहरै रोपिएका सयपत्री फूलका बिरुवा फुलेर अहिले ढकमक्क भएका छन् । वाणगङ्गा नगरपालिका कपिलवस्तुमा पाँच वर्ष पहिलेदेखि फूल खेती गर्दै आएका भास्कर पँगेनी र दशरथ साउदले दुई वर्षअघिदेखि दाङमा व्यावसायिक सयपत्री फूल खेती विस्तार गरेका हुन् । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक रु दुई हजार भाडा दिने सर्तमा […]

तनहुँमा फूलको व्यवसायिक खेती सुरु

तनहुँ- तनहुँको म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपािलकालाई फूलमा आत्मिनर्भर बनाउन पुष्पखेतीलाई प्रवद्र्धन गरिएको हो । आँबुखैरेनी–१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा बीस हजार बढी सयपत्री फूलका बिरुवा रोपिएका छन् । ‘अध्यक्षसँग कृषि विकास कार्यक्रम’ अन्तर्गत स्थानीय आमा समूहमार्फत फूलका बिरुवा रोपिएको […]

व्यावसायिक फूलखेतीमा युवाको आकर्षण बढ्दो

देउखुरी– दाङमा व्यावसायिक फूल खेतीमा युवाको आकर्षण बढ्दै गएको छ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पङ्गेनी, दशरथ साउद र बसन्त छहरी मगरले घोराही उपमहानगरपालिका-१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेर तिहारमा १२ लाख आम्दानी गरेका छन् । कपिलवस्तुमा चार वर्षदेखि फूल खेती गरिसकेका पङ्गेनीले गत वर्षदेखि दाङमा व्यवसायिक फूल खेती विस्तार गरेका हुन् । दाङमा […]

आहा ! ढकमक्क फूलेको सयपत्री फूल

पाल्पा, ५ कार्तिक । पाल्पा रामपुर नगरपालिका ४ स्थित देवीस्थान ढकमक्क फूल्दै गरेको सयपत्री फूल । यहाँ तिहार लक्षित व्यावसायिक रुपमा सयपत्री फूल खेती गरिएको छ । तस्बिर : सुशीला रेग्मी/रासस

आहा ! ढकमक्क फूलेको सयपत्री फूल

पाल्पा । पाल्पा रामपुर नगरपालिका ४ स्थित देवीस्थान ढकमक्क फूल्दै गरेको सयपत्री फूल । यहाँ तिहार लक्षित व्यावसायिक रुपमा सयपत्री फूल खेती गरिएको छ । तस्बिरः सुशीला रेग्मी÷रासस

व्यावसायिक फूल खेतीमा रमाउँदै किसान

कपिलवस्तु – बारीभरि ढकमक्क फूल फुलेका छन् । नजिकिएको तिहारका लागि फुलेको फूल टिप्न भ्याइनभ्याइ भएको छ । फुलेका फूललाई कसैले टिप्ने र कसैले माला उन्ने काममा व्यस्त देखिन्छन् । बाणगङ्गा नगरपालिका कपिलवस्तुका भास्कर पँगेनीले घोराही उपमहानगर–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेको बारीमा देखिएको दृश्य हो यो । कपिलवस्तुमा चार वर्षदेखि फूल खेती गरिरहेका […]

तिहारमा पाँच लाखको फूल बिक्री

मस्र्याङ्दी गाउँपालिका–९, सिम्पानीस्थित भलामचौर मिच नमूना कृषि परियोजनाले तिहारका बेला मात्रै पाँच लाख रुपैयाँ भन्द बढीको फूल बिक्री गरेको छ । भलामचौर मिर्चे नमूना कृषि पर्यटनसँगै व्यावसायिक फूल खेती सुुरु भएको पहिलो वर्षमै पाँच लाख भन्दाबढीको सयपत्री फूल बिक्री भएको हो ।परियोजना सञ्चालन गरेको सिते बा ग्रुपअन्तर्गत एसजी हसस्पटालिटी नामक कम्पनीले यहि वर्षदेखि फूलको व्यावसायिक […]

कालीगण्डकी गाउँपालिकाले गर्‍यो ५ लाखको सयपत्री फूल विक्री

कात्तिक २०, स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले रू. पाँच लाख बाराबरको फूल विक्री गरेको छ । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल विक्री गरेर गाउँपालिकाले रू. पाँच लाख आम्दानी गरेको हो । गाउँपालिकाले वडा नं ७ को बारीचौरमा पाँच र वडा नं ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल १९ रोपनी जग्गा भडामा लिएर सयपत्री फूलखेती गरेको थियो ।  फूल विक्रीका लागि कुनै पनि समस्या नभएको र मागअनुसारको फूल पुर्‍याउन नसकेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाभित्रै रोजगारी सिर्जना गर्ने योजना अनुसार पहिलोपटक शुरु गरेको व्यावसायिक फूलखेती सफल भएपछि यसलाई सबै वडामा विस्तार गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । उनले भने, ‘स्थानीय बासिन्दालाई आवश्यक पर्ने फूलको बीउ, प्राविधिक सहयोगसमेत उपलब्ध गराएर यसलाई फूलैफूलको गाउँपालिका बनाउने योजनाअनुसार हामी काम गर्दैछौँ ।’ काम गर्ने किसानलाई आवश्यक सहयोग प्रदान गरेर प्रोत्साहन गर्ने कार्यमा गाउँपालिकाले कुनै पनि प्रकारको कन्जुस्याइँ नगर्ने अध्यक्ष थापाले बताए ।    किसानले उत्पादन गरेका वस्तु बजारीकरणको जिम्मासमेत गाउँपालिकाले लिने अध्यक्ष थापाको भनाइ छ । कृषिका माध्यमबाटै स्थानीयवासीलाई स्वरोजगार बनाउने योजनाअनुसार गाउँपालिकाले नै पहिलो चरणमा फूल र ड्रागन खेती सुरु गरेको अध्यक्ष थापाले बताए ।  गाउँपालिकाले लगाएको फूलखेतीबाट पालिकावासीसमेत उत्साहित भएका छन् । पालिकाले लगाएको फूल ग्राहकको मागअनुसार पुर्‍याउन नकिएकाले आफूहरुलाई समेत यो खेतीतर्फ आकर्षित गरेको कालीगण्डकी–६ का हिराबहादुर गाहाले बताए ।  व्यावसायिकरूपमा फूलखेती गरेर समेत मनग्य आम्दानी गर्न सकिने अवस्था गाउँपालिकाले सिर्जना गरेको उनको भनाइ छ ।  गाउँपालिकाले शुरु गरेको फूलखेतीबाट करीब ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने पालिकावासीलाई फूलखेतीमा लाग्ने प्रेरणा मिलेको छ । फूलखेतीमा स्थानीयवासीले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । फूल रोप्ने कार्यदेखि गोडमेल, फूल टिप्ने, माला बनाउने कामसम्म आइपुग्दा करीब ४०० जनाले रोजगारी पाएको गाउँपालिकाले जानकारी दिएको छ । सयपत्री कर्मा ५५५ जातको फूल लगाइएकामा पहिलो चरणको फूल विक्री गरेर सकिएको छ । तिहारअघि नै तिहारका लागि साथै अन्य विभिन्न कार्यक्रम, पूजापाठ, विवाह, सजावटलगायतका कार्यका लागि बगैँचामै आएर ग्राहकले फूल लगेका छन् ।  सयपत्री कर्मा ५५५ जातको फूल मंसिरसम्म टिप्न मिल्ने हुँदा पहिलो चरणमा फक्रिएका फूल विक्री गरेर सकिएको र अहिले पनि ती बोटमा कोपिला लागिरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख हुमप्रसाद श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार प्रतिमाला फुटकरमा रू. ८० देखि ९० सम्ममा र होलसेलमा रु ४५ मा विक्री भएको छ । फूलखेती गर्दा करीब रू. दुई लाख ४८ हजार खर्च भएको र रू. पाँच लाख आम्दानी भएकोसमेत गरेको कृषि शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।  यहाँ उत्पादित फूल गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशसम्म निर्यात गरिएको गाउँपालिकाले जानकारी दिएको छ । बारीचौरलाई फूलैफूलको होमस्टे बनाउने पालिकाको योजना छ भने बिर्घामा ड्रागन खेतीसँगै फूलखेतीसमेत गरिएको छ । रासस

बगैंचामा ढकमक्क सयपत्री

सयपत्री फूल तिहारका लागि प्रयोग हुने मुख्य फूलमध्ये एक हो । सयपत्री फूलको माला तिहारमा प्रयोग गरिन्छ । गाउँघरमा यसलाई हजारी फूल भनेर पनि चिनिन्छ । यो फूल आफैमा सौन्दर्यताको प्रतिक पनि हो ।ढकमक्क फूलेको सयपत्री देख्दा कसको पो मन लोभिँदैन र ? घरका आँगन वरिपरी, बगैँचाभरि फूलेको फूलले सौन्दर्यता मात्र नभई तिहारको चहलपहललाई समेत बढाइदिएको हुन्छ । तर, सयपत्रीलाई व्यावसायिक रुपमा खेती गरेको भने विरलै पाइन्छ ।यतिबेला कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित पश्चिमी मोहोडामा रहेको एउटा सयपत्री बगैंचा चर्चामा छ