चिनियाँ कम्पनी सियाओमीको भारतमा रहेको साँढे ५५ अर्ब माथि अनुसन्धान

एजेन्सी, १७ वैशाख । चिनियाँ मोबाइल उत्पादक कम्पनी सियाओमीमाथि भारतमा विदेशी विनिमय अपचलनको अनुसन्धान अगाडि बढाइएको छ । कम्पनीमाथि यसबारे सोधपुछ बढाइएको भोलिपल्ट वित्त मन्त्रालय अन्र्तगतको प्रवर्तक निर्देशनालयले शनिबार सियाओमी टेक्नोलोजी प्रा.लि. ५५ अर्ब ५१ करोड नियन्त्रणमा लिएको छ । उक्त कम्पनीमाथि विदेशी मुद्रा विनिमय व्यवस्थापन नियमावलीको उल्लंघन अन्तर्गत कारबाही बढाइएको उल्लेख छ । चीनमा […]

सम्बन्धित सामग्री

न्यादी हाइड्रोपावरको आईपीओमा २५ हजार जनाले दिए आवेदन

भदौ १६, लमजुङ । यस जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन ३० मेगावाट क्षमतको न्यादी हाइड्रोपावरको आईपीओमा २५ हजार बढीको आवेदन परेको छ । आयोजनाले खुल्ला गरेको यही भदौ १ देखि १५ गते सम्ममा २५ हजार १९१ जनाले आवेदन दिएको आयोजना प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए।            उनका अनुसार यतिका संख्यामा परेको आवदेनबाट ६१ करोड १३ लाख ३ हजार ८०० रुपैयाँ बराबरको निवेदन रहेको छ । यीमध्ये आयोजना प्रभावित मर्स्याङ्दी  गाउँपालिकाका स्थानीयवासीका लागि छुट्याइएको ५ लाख कित्ता शेयरको लागि २ हजार ९५३ आवेदकबाट १६ करोड ३७ लाख १८ हजार १०० रुपैयाँ र जिल्लावासीको लागि तोकिएको १० लाख कित्ता शेयरको लागि २२ हजार २३८ जना आवेदकबाट  ४४ करोड ७५ लाख ८५ हजार ७००  रुपैयाँ बराबरको आवेदक माग रहेको आयोजनाले बताएको छ ।             आयोजना अनुसार यी आवदेकको आधारमा ६१ लाख ६३० कित्ता माग भएको छ । यीमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको १६ लाख ३७ हजार १८१ कित्ता र जिल्लावासीको ४४ लाख ७५ हजार ८५७ कित्ता रहेको छ ।            जिल्लावासीको लागि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता शेयर निष्कासन गरेको हो भने अति प्रभावित क्षेत्रका लागि ५ लाख र संस्थापक शेयरधनीका लागि ३ लाख कित्ता शेयर प्रारम्भिक चरणमा निष्कासन गरेको हो । आयोजना प्रमुख अमात्यका अनुसार अब अन्य सर्वसाधारणका लागि ७ देखि १० दिनभित्रमा शेयर खुला हुने छ । विसं २०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । विविध कारणले निर्माणमा ढिलाइ हुँदा समयमा काम सम्पन्न नभए पनि हाल आयोजनाको काम अन्तिम चरणमा पुगेको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए। सो आयोजना ६ अर्ब  रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने बताइएको छ ।            आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच ओटा बैंकले ७५ प्रतिशत अर्थात् साँढे ४ अर्ब  रुपैयाँ ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४ दशमलव ८० र सुख्खायामका लागि ८ दशमलव ४० मा विद्युत् खरीद सम्झौता (पीपीए) गरेको छ । मर्स्याङ्दी  गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण गरिएको छ । रासस