काठमाडौं : स्पेनिस जाइन्ट बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। बिहिबार भएको खेलमा एट्लेटिको बिलबाओसँग ३-२ ले पराजित हुँदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो।बिलबाओका लागि इकर मुनियानले दुई गोल गरेपछि बार्सिलोना स्तब्ध बन्यो। बिलबाओ भने बार्सिलोनालाई पराजित गर्दै कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।खेल सुरु भएको दोस्रो मिनेटमानै मुनियानले गोल गर्दै बिलबाओलाई अग्रता दिलाए। तर बार्सिलोनाले पहिलो हाफमानै बराबरी फर्काउने क्रममा २० औ मिनेटमा फेरन टोरेसल