बेलबारी नगरपालिका : जनप्रतिनिधिलाई साडी र झोला वितरण

नवनिर्वाचित महिला जनप्रतिनिधिलाई मोरङको बेलबारी नगरपालिकाले १ लाख ७४ हजारको साडी वितरण गरेको छ । जनताको सेवामा लाग्ने प्रतिवद्धताका साथ निर्वाचन जितेका जनप्रतिनिधिले आफैंलाई साडी वितरण गर्न थालेपछि कतिपयले त्यसको आलोचना गरेका छन् । बेलबारी नगरसभामा पोशाकका रूपमा महिला जनप्रतिनिधिहरूलाई साडी वितरण गरिएको हो । गत असार ९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट निर्णय गराएर महिला जनप्रतिनिधिहरूलाई साडी दिएको बताइएको छ । ६ हजार मूल्य बराबरको साडी महिलाहरूलाई दिएको नगरपालिका स्रोतले बताएको