जेरियाट्रिक सोसाइटी अफ नेपाल (जीएसन) का प्रतिनिधिहरूले नेपालमा जेष्ठ नागरिक स्वास्थ्य सेवा र नीतिगत संरचनालाई सुदृढ बनाउन आवश्यक सुधारबारेका महत्वपूर्ण प्रस्तावसहित प्रधानमन्त्री सुशिला कार्कीसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा प्रतिनिधिमण्डलले जेरियाट्रिक सेवाको विस्तारका लागि तत्काल ध्यान दिनुपर्ने तीन प्रमुख क्षेत्रबारे सरकारको ध्यानाकर्षण गराएको हो।