पीपीएल क्रिकेट असोज ३ देखि, खेल तालिका सार्वजनिक

बैतडी : बैतडीको पाटनमा सञ्चालन हुने दोश्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) पुरुष टी–२० खुल्ला क्रिकेट प्रतियोगिता असोज ३ देखि सुरु हुने भएको छ।यसअघि असोज १ शनिबारदेखि सञ्चालन हुने भनिएको भनेपनि लगातार वर्षाका कारण दुई दिनपछि सारिएको आयोजक पाटन क्रिकेट क्लबले जनाएको छ।पाटन नगरपालिका ६ मा रहेको कृष्ण माविको खेलमैदानमा असोज ३ गते सुरु हुने प्रतियोगिता असोज १५ गते सम्पन्न हुने पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए।उद्घाटन खेलमा असोज ३ गते धारिलो क्रिकेट क्लब र भुमेश्वर युवा क

सम्बन्धित सामग्री

नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान

काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार महिला साफको खेल तालिका सार्वजनिक गरेको हो । महिला साफ च्याम्पियनसिप भदौ २१ गते देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजक […]

त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक भएको छ । खेल तालिका अनुसार नेपालले पहिलो खेल अमेरिकासँग आउँदो २८ गते प्रतिस्पर्धा गर्नेछ ।  यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग आउँदो  २९ गते खेल्ने छ । नेपालले तेस्रो खेलमा अमेरिकासँग असोज १ गते खेल्ने छ भने अन्तिम खेलमा ओमानसँग असोज ३ गते खेल्नेछ ।  प्रतियोगिताका लागि १७ खेलाडीसहित २२ सदस्यीय नेपाली टिम ओमान पुगिसकेका छन् । श्रृङ्खला अघि नेपालले ...