श्रीलङ्कामा सङ्कटकाल लागू : नयाँ राष्ट्रपति चुन्ने प्रक्रिया सुरु

श्रीलङ्कामा सङ्कटकाल लागू भएको छ । कार्यवाहक राष्ट्रपति रनिल बिक्रमासिङ्गेले हिजो श्रीलङ्कामा सङ्कटकालको घोषणा गर्नुभएको थियो । उहाँले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा अत्यावश्यकीय सेवा आपूर्तिका लागि सङ्कटकालको घोषणा गर्न आवश्यक रहेको बताउनुभएको थियो । त्यहाँ नयाँ राष्ट्रपति चुन्न प्रक्रिया सुरु भएको छ । श्रीलङ्कामा भोलि नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ । आज उम्मेदवारी दर्ताको कार्यक्रम छ । पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षे श्रीलङ्काबाट भागेर माल्दिभ्स हुँदै सिङ्गापुर पुग्नुभएको छ । तर सिङ्गापुर...