धान बालीमा खपटे किराको प्रकोप

लमजुङ : राईनास नगरपालिकामा लगाइएको धान बालीमा काँडेदार खपटे किराको प्रकोप देखिन थालेको छ। असार रोपिएको धान बालीमा किराको प्रकोप देखिन थालेको हो।नगरपालिकाअन्तर्गत मुख्य खाद्यान्न बालीको रुपमा रहेको धानमा काँडेदार खपटे हिस्पाको प्रकोप देखिन थालेको राइनास नगरपालिका कृषि शाखा प्रमुख विजय श्रेष्ठले बताए। रोपाइँ भएको एक महिनाकै अवधिमा किराको प्रकोप देखिएपछि हो।किसानहरुले दिएको जानकारीअनुसार राइनास नगरपालिकाको तीनपिल्ले गरमवेशीलगायतका क्षेत्रमा किराको प्रकोप देखिएको छ। किराको प्रकोप देखिएसँगै नगरपालिका

सम्बन्धित सामग्री

सल्यानमा बर्सेनी घट्दै धान उत्पादन

सल्यान : जिल्लामा धान उत्पादन बर्सेनी घटिरहेको छ। विगत पाँच वर्षको तथ्यांक हेर्दा धान उत्पादन हुने क्षेत्रफल घट्दै गएकोले धान उत्पादनमा पनि कमी आएको कार्यालयले जनाएको छ।यो वर्ष ६ हजार १२५ हेक्टरमा धान खेती गरिएकोमा २८ हजार ७६३ मेट्रिक टन उत्पादन भएको कार्यालयका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले बताए।रोपाइँको क्षेत्रफल घट्दा, रोग किराको प्रकोप र वर्षा कम हुँदा धान उत्पादनमा गिरावट आएको हो। जिल्लामा वर्षे धान ६ हजार २९ हेक्टर, चैते धान ७ हेक्टर र घैया धान ८९ हेक्टरमा खेती गरिएको थियो ।

फड्के किराको प्रकोपले किसान चिन्तित

दाङ– धानमा फड्के किराको प्रकोप देखिन थालेको छ । प्रकोप देखिएसँगै कृषकहरू चिन्तित भएका छन् । धान पसाउने समयमा खेतभरिको धान पहेंलो भएर कुहिएपछि राप्ती गाउँपालिका–५ का किसान मदन पोख्रेललाई छट्पटी छुटेको छ । वर्ष भरि खान पुग्ने धान खेतमै कुहिएपछि उनको परिवार समस्यामा परेको छ । ‘४० वर्षदेखि खेती हुँदै आएको खेतमा पहिलो पटक […]

धान बालीमा गबारो किराको प्रकोप

कपिलबस्तुका किसानले खेतमा रोपेको धान बालीमा गबारो किराको प्रकोप देखा परेको छ । गबारो किराले गुवो खाएर धान बालीमा नोक्सान गर्न थालेपछि किसान चिन्तित भएका छन् ।

धानबालीमा खपटे किराको प्रकोप

जिल्लाको शारदा नगरपालिका वडा नम्बर १४ का जोगदेखोला, स्यालपानी, बरला आपसापका क्षेत्रको धान बालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ ।  शारदा नदीको किनारमा भएका खेतमा किराको प्रकोप तीव्र रुपमा फैलिएको छ । किराको प्रकोपका कारण अहिले १ सय किसान परिवार प्रभावित भएका छन् ।

पाल्पामा दुई प्रतिशतले बढ्यो धान उत्पादन

मल बीउ अभाव, फड्के किराको प्रकोप, सिँचाइ अभाव लगायतका समस्याकाबीच पाल्पामा यस वर्ष धान उत्पादन दुई प्रतिशतले बढेको छ । धान लगाउने जग्गाको क्षेत्रफल बढेको छ । रैथाने जातका धान लगाउन छाडेर उन्नत तथा हाइब्रिड जातका धान लगाउने क्रम बढेकाले पनि धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बाली स्याहार्ने बेलामा धानबालीमा किराको प्रकोप

म्याग्दीको बेनी नगरपालिकासहित रघुगङ्गा, मालिका, मङ्गला, अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका धान उत्पादन हुने फाँटमा गवारो र खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने तथा बोट हरियोमै सुक्दै जाने समस्या देखिएको छ।...

धान बालीमा खपटे किराको प्रकोप बढेपछि किसान चिन्तित

लमजुङ- लमजुङमा असार पहिलो साता रोपेको धान बालीमा काँडेदार खपटे किराको प्रकोप देखिएकाे  छ । बेँसीशहर नगरपालिका-११  रामचोक फाटमा धानमा किरा लागेसँगै किसानहरू चिन्तित भएका छन् । रामचोक फाँटमा राईस हिस्पा (काँडेदार खपटे) किराको प्रकोप बढेपछि कृषि प्राविधिक टोलीको सल्लाहअनुसार धान बालीमा विषादी छर्किएको छ । कृषि ज्ञान केन्द्र र बेँसीशहर नगरपालिका कृषि शाखाका प्राविधिक […]

धान बालीमा फड्के किराको प्रकोप

सुरुमा डुम्रेधारापानीको बेँसी क्षेत्रमा पर्ने कटहरेमा पसाउने बेलाका धान बाली पहेँलो हुँदै जाने र मर्ने समस्या देखिएको जानकारी आएपछि कृषि प्राविधिक पठाएर समस्याको कारण फड्के किरा भएको पहिचान गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए।

फौजी किराको प्रकोप

राप्ती सोनारी गाउँपालिकामा पाकेर काट्न तयार भइसकेको धानबालीमा फौजी किराको प्रकोप फैलिएको छ । एक सातादेखि फैलिएको फौजी किरा नियन्त्रण हुन नसक्दा करिब तीन सय बिघा जग्गाको धान बालीमा क्षति पुगेको छ । गाउँपालिकाले नियन्त्रणका लागि एकल प्रयास गरिरहेको छ ।

धानमा फौजी किराको प्रकोप

दुई साता यतादेखि राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा पाकेको धान खेतीमा फौजी किराको संक्रमण देखिएको छ। एकैपटक हजारौं हेक्टरको धान खेतीमा फौजी किरा फैलिएको छ।