कांग्रेस केन्द्रीय कार्यसमिति आज पनि जारी रहने

काठमाडौं :  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति  बैठक आज पनि जारी रहने छ। सोमबारदेखि सुरु भएको बैठकमा पहिलो दिन  स्थानीय तह निर्वाचनको समीक्षा गरिएको छ। हिजोको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको कार्यसूची र प्रवक्ता डाक्टर प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।बैठकमा हिजो केन्द्रीय सदस्यहरु डाक्टर शेखर कोइराला, प्रदीप पौडेल, दे