पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ उपाधि

काठमाडौं – पाकिस्तानलाई २–१ गोलले पराजित गर्दै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । मंगलबार ढाकास्थित राष्ट्रिय रङ्गशालामा भएको रोमाञ्चक फाइनलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै भारतले कीर्तिमानी दसौँ पटक उपाधि जितेको हो । भारतको जितमा सुहैल भट्ट र सन्दीप मण्डीले गोल गरे । पाकिस्तानका लागि आलमगीर गाजीले एक गोल गरेका थिए । […]