गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीलाई पनि भेटे

काठमाडाैं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ। भंगालस्थित तोड्फोड र आगजनी भएको पूर्वराष्ट्रपति भण्डारीको निवासमा बिहीबार पुगेर निरीक्षणका साथै भेटवार्ता गर्नुभएको हो। गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जेनजी आन्दोलनकारीले भण्डारीको निवासमा आगजनी र तोड्फोड गरेका थिए । सोही निवासको गृहमन्त्री अर्यालले बिहीबार बिहान निरीक्षण गर्नुभएकाे छ। […]