तीन गाउँका तीन सय छयहत्तर घरमा खानेपानी

हिमा गाउँपालिकाका तीन वटा गाउँका सबै घरधुरीमा खानेपानी धारा पु-याइएको छ। हिमा गाउँपालिका–४ बड्कीका १६१ घरधुरी, पाँच वटा कार्यालय गरी १६६ धारा, वडा नं. ५ बाजगाडमा १३६ घरधुरी र वडा नं. ६ को डाँडाबाडामा ७४ घरधुरीको प्रत्येक घरमा खानेपानीको धारा जडान गरिएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बड्की गाउँका १६१ घरधुरीमा पनि खानेपानी पु-याइएको जानकारी दिनुभयो। उहाँले स्थानीय सरकारको सबै घरधुरीमा खानेपानी पु-याइने लक्ष्य अनुसार काम भइरहेको बताउनुभयो।