आजै गठित स्थायी कमिटीलाई जिम्मा : २७ जना नेताको स्पष्टीकरणको अध्ययन र निर्णयको अधिकार

काठमाडौं : माधवकुमार नेपाल पक्षका २७ जना नेताले बुझाएको स्पष्टीकरणबारे अध्ययन गरी निर्णय गर्ने अधिकार सत्तारुढ दल नेकपा एमालले पार्टीको स्थायी कमिटीलाई जिम्मा दिएको छ। आजैमात्रै माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुलाई नसमेटी बालुवाटारमा आयोजित महाधिवेशन आयोजक कमिटीले १९ जनाको स्थायी कमिटी गठन गरेको हो। कमिटीमा माओवादीबाट एमालेमै रहेका मन्त्रीहरुसमेत…

सम्बन्धित सामग्री

संघीयतामा यातायात

२०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानले देश संघीय संरचनामा जाने कुरा लिपिबद्ध गर्यो । र, गत मंसिर १० र २१ गते भएका प्रतिनिधिसभा र प्रदेशसभाको चुनावसंगै देशले ५ वर्षका लागि पाएको जनप्रतिनिधिसंगै कार्यान्वयनमा आएको छ । संघीयताले जनसाधारणले पाउने सुविधा उनीहरूको घरदैलोसम्म पुग्नुपर्ने मान्यता राख्छ । त्यही अनुरूप राज्यबाट प्रवाह हुने सेवा र राज्यलाई बुझाउनु पर्ने कर संघीय मोडालिटी अनुरूप उपलब्ध गराउनु पर्छ र संकलन गर्नुपर्छ । यसअघिसम्म केन्द्रीकृत शासन व्यवस्था अनुसार सेवा प्रवाह र कर संकलन हुँदै आएको छ । अब सबै संरचनाको पुनः संरचना गर्नुपर्ने भएको छ । त्यही अनुरूप संघीय संरचनामा नेपालको यातायात क्षेत्र कस्तो हुनेछ, कुन सेवा कुन निकायबाट प्रवाह हुने र संकलित राजस्व कसरी बाँडफाँट हुन्छ र यसले जनता तथा मुलुकको समृद्धि यात्रामा कसरी सहयोग पुग्छ भन्ने विषयमा चर्चा गरौं । संघीय संरचनाअनुसार यातायात क्षेत्रको सेवा प्रवाहीकरणका लागि सरकारे केही निर्णयहरू गरिसकेको छ भने केही अध्ययनकै क्रममा रहेका छन् । यसमा स्थानीय, प्रदेश र केन्द्र सरकारले कुन सेवा प्रदान गर्ने भन्ने करिब निश्चित भएको र राजस्वको बाँडफाँटमा भने निर्णय भइनसकेको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराई बताउँछन् । “सरकारले संघीय संचरनामा बदलिन के के गर्ने भन्ने निर्णयको ‘अन वन्डलिङ’ सूची तयार पारिएको छ,” उनले भने, “स्थानीय रुटमा चल्ने सवारीको रुट पर्मिट कायम गर्ने, भाडा निर्धारण गर्ने र स्थायी बाटो कायम गर्ने जिम्मा स्थानीय सरकारलाई दिने निर्णय भएको छ ।” यसले सवारी संचालन गर्न चाहनेहरूलाई केन्द्र तथा प्रदेशसम्म पुग्नु पर्ने झन्झटबाट मुक्त गराउनेछ । त्यस्तै प्रदेश सरकारले सवारी दर्ता, सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने र यो संग सम्बन्धित राजस्व लिने करिब सहमति भएको छ । त्यस्तै सडक मर्मत तथा सम्भार दस्तुर प्रदेश सरकारले मात्र लिने वा अन्य सरकारहरूले पनि त्यसको हिस्सा पाउने भन्ने वित्तीय विभाजन निश्चित हुन भने सकेको छैन । संघ (केन्द्र सरकार)ले यातायात क्षेत्रको राष्ट्रिय नीति तर्जुमा गर्ने, रणनीतिक र राष्ट्रिय राजमार्गमा बाटो कायम, रुट पर्मिट तथा भाडा निर्धारण गर्ने सैद्धान्तिक निर्णय भएको महानिर्देशक भट्टराईको भनाइ छ । स्थानीय सरकारलाई उत्तरदायी बनाउने, अन्तरप्रदेशको काम केन्द्र सरकारले गर्ने उल्लेख छ । सडक मर्मत तथा सम्भार दस्तुर सवारी दर्ता गर्दा लिइने हुँदा यसको वित्तीय विभाजन हुन सकेको छैन । यसले समस्या निम्त्याउन सक्छ । रुट पर्मिट र सवारी दर्तामा प्रदेश सरकारबीच अन्तद्र्वन्द्व हुन सक्ने देखिएको छ । यसबारे पनि केन्द्र सरकारले नीतिगत स्पष्टता गरिदिनु पर्नेछ । उपभोक्ताले पाउनु पर्ने सेवा उनीहरूको घरदैलोमा पुग्नु पर्छ । त्यसका लागि सरकारले पूर्ण गृहकार्य सहितको खाका भने ल्याउन सकेका छैन । विभिन्न निकायहरू संगको समन्वयात्मक छलफलबाट सेवा कार्यालयहरूलाई चुस्त बनाउने र त्यहींबाट दुईपाङ्ग्रे सवारीको लाइसेन्स वितरण गर्ने बारे प्राविधिक अध्ययन सुरु गरिएको भट्टराईले बताए ।