भारतको एयर इन्डिया आजबाट अधिकारिक रुपमा टाटा समूहको भएको छ । भारत सरकारका नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धियाले एयर इन्डियाको सम्पूर्ण स्वामित्व टाटा समूहको भएको बताएका हुन् । सन् २०२१ को अक्टोबरमा एयर इन्डियाको लिलामीका लागि गरिएको प्रस्तावमा टाटा सन्सले सबैभन्दा धेरै रकम कबुल गरेको थियो । रतन टाटाले एयर इन्डिया लामो समयपछि घर फर्किएको बताएका छन् । ‘टाटा समूहका लागि एयर इन्डियाको अधिग्रहण लिन पाउनु निकै ठूलो समाचार हो’ उनले भने, ‘एयर इन्डियालाई फेरि उठाउन निकै कोसिस गर्नुपर्ने हुन्छ, हामी गर्छौँँ ।’ उद्योगपति जेआरडी टाटाले सन् १९३२ अप्रिलमा एयर इन्डियाको स्थापना गरेका गरेका थिए । त्यतिबेला उनले टाटा एयरलाइन्सको नाममा स्थापना गरेको यो एयरलाइन्स सरकारले लिएको थियो । तर, पुनः यसको स्वमित्व टाटा समूहले नै अधिग्रहण गरेको हो ।