छठ : अन्न बालीसहित सूर्यको आराधना गर्ने पर्व

 अहिंसा, सद्भाव र समानताप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ पर्व तराई–मधेससहित देशका विभिन्न भागमा धुमधामका साथ मनाइँदैछ । तिहार सम्पन्न हुनेबित्तिकै छठ पर्वको तयारी सुरु हुन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने यो पर्व कात्तिक शुक्ल सप्तमीमा सम्पन्न हुन्छ ।छठ पर्वमा सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको छ । सुख, समृद्धि, गरिब–धनी, निःसन्तान, रोगबाट मुक्त तथा छुवाछुत मुक्त समाज निर्माणक