चैत १०, काठमाडौं । कुमारी इक्वीटी फण्डले फागुन मसान्तसम्म सूचीकृत तथा सूचीकृत हुन बाँकी धितोपत्रमा गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिशन सहित रू. ७६ करोड ४२ लाख ८९ हजार छ ।
धितोपत्रलाई लगानीको प्रमुख क्षेत्र बनाएको यस फण्डको लगानीको परलमूल्य भन्दा बजारमूल्य कम रहेको छ । फागुन मसान्तसम्म फण्डले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने रू. ५६ करोड २८ लाख ४ हजार रहेको छ ।
धितोपत्र बजार घटेसँगै सूचीकृत कम्पनीहरुको मूल्यमा कमी आउँदा यो अवस्था सिर्जन भएको हो । यस अवधिसम्म कुमारी इक्वीटी फण्डले बैंक मुद्दती निक्षेमा रू. १५ करोड लगानी गरेको छ ।
१० करोड इकाई विक्री गरेको १० वर्षे अवधिको यो बन्दमुखी योजनको फागुन मसान्तसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य रू. १० दशमलव ७७ रहेको छ । माघ मसान्तसम्म यो मूल्य रू. १० दशमलव ९२ रहेको थियो । माघको तुलनामा फागुन महीनामा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्यमा समेत कमी आएको हो ।
फागुुन मसान्तसम्मको विवरण अनुसार फण्डले रू. ५ करोड ६१ लाख १९ हजार नाफा गरेको छ । माघ महीनामा रू. ७ करोड ९ लाख १० हजार नाफा गरेको फण्डको यो महीना नाफामा पनि कमी आएको हो ।
फण्डले फागुन महीनामा रू. ६ करोड ९५ लाखभन्दा बढी आम्दानी गर्दा रू. १ करोड ३४ लाखभन्दा बढी खर्च गरेको छ । माघ महीनामा रू. ८ करोड २६ लाखभन्दा बढी आम्दानी गरेको फण्डले रू. १ करोड १७ लाखभन्दा बढी खर्च गरेको थियो । यो महीना अघिल्लो महीनाको तुलनामा आम्दानी कम र खर्च बढी भएकाले फण्डको नाफा घटेको हो ।