वरिष्ठ नेता माधव नेपाललगायत केही नेताले नयाँ पार्टी खोलेपछिको अवस्थाको समीक्षा गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलवार बस्दैछ ।
तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बिहान ११ बजेपछि बस्ने बैठकमा माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरू सहभागी हुँदैछन् ।
१० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू सहभागी हुन लागेका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमवार भएको छलफलमा पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने ...