नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं (अस) । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आएको  सातौं संस्करणको नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ । एक्स्पो आउँदो  फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातिप्राप्त ब्रान्डका १५० भन्दा बढी स्टल रहनेछन् । निर्माण कम्पनी, डिलर, सब–डिलर र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे बुझाउन र यस क्षेत्रका नयाँ प्रविधिबारे जानकारी गराउन मेला आयोजना गरिन लागेको आयोजकले बताएको छ । प्रदर्शनीमा निर्माण सामग्री, निर्माण औजार, हेभी इक्युपमेन्ट, प्रि–फ्याब स्ट्रक्चर, यूपीभीसी विन्डोज् मेसिनरी, यूपीभीसी प्रोफाइल, डोर एन्ड विन्डोज्, आर्किटेक्चरल हार्डवेयर, बाथरुम, फिटिङ पाइप्स, टायल्स एन्ड स्यानिटरी वेयर, रुफिङ, इन्जिनियरिङ बिल्डिङको सहभागिता रहनेछ । मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार प्रदर्शनीमा टाइटल स्पोन्सर हुलास स्टिल इन्डस्ट्रिज रहनेछ भने सहयोगी संस्थामा नेपाल इन्जिनियरिङ एसोसिएसन, फेडेरेसन अफ कन्ट्रयाक्टर्स एसोसिएसन अफ नेपाल, सोसाइटी अफ नेपलिज् आर्किटेक्टस्, हेभी इक्युपमेन्ट पार्टस् एसोसिएसन तथा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिज रहेका छन् । प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर, बिल्डर्स, इन्टेरियर डिजाइनर, घर बनाउन चाहने व्यक्ति तथा सर्वसाधारणको उल्लेख्य सहभागिता हुने अपेक्षा आयोजकको छ ।