बीपी प्रतिष्ठान १ अर्ब ४१ करोड घाटामा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १ अर्ब ४१ करोड रुपैयाँ बराबर ऋणमा रहेको पाइएको छ। प्रतिष्ठानले स्वेतपत्र जारी गर्दै १ अर्ब ४१ करोड घाटामा रहेको जनाएको छ।

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठानका कामु उपकुलपतिमाथि भएको दुर्व्यवहारप्रति एनएमएको ध्यानाकर्षण

नेपाल चिकित्सक संघले बीपी प्रतिष्ठान धरानका कामु उपकुलपतिमाथि भएको दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ। संघले दोषीलाई तत्काल कानुन बमोजिम कारबाह गर्न माग पनि गरेको छ।

बीपी प्रतिष्ठान भएको बेथिति अन्त्य गर्न पाँच बुँदे सम्झौता

६ भदौ, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको बथिति र अनियमितता समधान गर्नका लागि भन्दै स्वास्थ्य मन्त्रालय, प्रतिष्ठान र घोपा बचाउ अभियानबीच सम्झौता भएको छ । स्वास्थ्यमन्त्री भवानी खापुङ, प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र खोप बचाउ अभियानका अध्यक्ष सुधन गुरुङबीच आइतबार भएको छलफलमा ५ बुँदै सम्झौता भएको छ । सम्झौतापत्रमा बिरामीको […]

बीपी प्रतिष्ठान : सर्वोच्चको निर्णयले फुकायो जटिलता

धरान । सरकारले गत पुस ३० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बहालवाला पदाधिकारीलाई काम गर्न रोक लगाउँदै मन्त्रालयबाट कर्मचारी पठाएपछि बल्झिएको जटिलता सर्वोच्चले फुकाइदिएको छ । सर्वोच्च अदालतले बुधवार बहालवाला पदाधिकारीलाई काम गर्न, गराउन आदेश दिएसँगै विगतमा भएको अन्योल हटेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउँदै वहालवाला पदाधिकारीलाई काम गर्न/गराउन आदेश दिएपछि प्रतिष्ठानमा एक महीनादेखिको गतिरोध अन्त्य भएको छ । पुस ३० गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानका वहालवाला पदाधिकारीलाई काम गर्न रोक लगाउँदै दैनिक प्रशासन र आर्थिक प्रशासन हेर्न मन्त्रालयबाट डा. श्यामसुन्दर यादव र महालेखाबाट कर्मचारी पठाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मन्त्रालयले डा. यादव र महालेखाले कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुखलाई प्रतिष्ठान पठाएको थियो । तर प्रतिष्ठानको ऐन र नियमावलीले उनीहरूलाई काम गर्न बाधक भएपछि प्रतिष्ठानको समस्या चर्किएको थियो । सर्वोच्च अदालतको फैसलाले प्रतिष्ठानमा लामो समयदेखिको समस्याले निकास पाएको अस्पताल निर्देशक प्राडा. गौरीशंकर शाहले बताए । ‘सर्वोच्चले सही निर्णय गरेको छ, प्रतिष्ठानका पदाधिकारीलाई काम गर्ने वातावरण मिलेको छ, अब विगतको भन्दा अत्यन्त सजग भए काम गर्छौं,’ उनले भने । सरकारले रोक लगाएका कामहरू पनि फुकुवा भएकाले थाती रहेका काम क्रमिक रूपमा अघि बढ्ने उनको भनाइ छ । उनले भने, ‘प्रतिष्ठानको दैनिक गर्नुपर्ने काम कर्तव्य अब पदाधिकारीमा निहित भएको छ, अन्योलबीच गर्न नसकिएको दैनिक काम कारबाही सुचारु हुन्छ ।’ अदालतले आफूहरूलाई न्याय दिएको उनले बताए । अदालतको निर्णयसँगै प्रतिष्ठानका कर्मचारी, चिकित्सक, विद्यार्थीले पनि विद्यमान अन्योल हटेको बताएका छन् । प्रतिष्ठानमा भएको अन्योलकै कारण उनीहरूले समयमै तलब समेत पाउन सकेका थिएनन् । सर्वोच्च अदालतको निर्णयपछि प्रतिष्ठान  पुरानै लयमा फर्कने विश्वास गरिएको छ । प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण सिंहले सर्वोच्च अदालतको फैसलाले प्रतिष्ठानमा देखिएको बाधाअड्चन हटेको बताए । अदालतको फैसलापछि मन्त्रालयबाट आएका डा. श्यामसुन्दर यादव बुधवार नै काठमाडौं फर्किएको प्रतिष्ठानका एक कर्मचारीले बताए ।

बीपी प्रतिष्ठान जाने सडकमा खाल्डाखुल्डी

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मुख्य सडकमा भएका खाल्डाखुल्डीले एम्बुलेन्स नै दुर्घटनाको जोखिममा परेका छन् । धरान उपमहानगरपालिका–८ भोटेपुलबाट प्रतिष्ठान पुग्ने करीब २ किलोमिटर सडकमा बनेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ नै, दैनिक सयौंको संख्यामा अन्य सवारीसाधन समेत चलिरहँदा एम्बुलेन्सलाई सयममै बिरामीलाई अस्पतालसम्म पु¥याउन समेत कठिन हुने गरेको छ । अस्पताल पुग्ने प्रमुख रूट भएकाले लोकल सिटी सफारी, टेम्पो, मोटरसाइकल अत्यधिक कुद्ने गरेका छन् । खाल्डाखुल्डीकै बीच सवारीसाधन चलाउनुपर्दा दुर्घटनाको सम्भावना बढेकोे एम्बुलेन्स चालक मिलन राई बताउँछन् । बिरामी बोकेर हिँड्नुपर्ने व्यस्त सडकमा खाल्डाखुल्डी हुनु बिरामीसहित यात्रुका लागि समेत जोखिम भएको अर्का एम्बुलेन्स चालक श्याम गुरुङ बताउँछन् । ‘प्रतिष्ठान छिर्ने सडक जीर्ण हुँदा बिरामीले अत्यन्तै कष्ट भोग्नुपर्ने बाध्यता छ,’ उनले भने । प्रतिष्ठान जाने सडकमा खाल्डाखुल्डी परेको करीब ३ महीनाभन्दा बढी भइसकेको छ । दैनिक सयौंको संख्यामा बिरामी लिएर हिँड्ने सडकमै दुर्घटना गराउन सक्ने खाल्डाखुल्डी हुँदा पनि स्थानीय सरकारले चासो नदिएको गुनासो स्थानीयको छ । ‘खाल्डाखुल्डी छ भन्ने थाहा हुँदाहँुदै पनि कहिलेकाहीँ त बिर्सिइँदो रहेछ, मोटरसाइकल खाल्डामा परेपछि मात्र थाहा हुन्छ,’ स्थानीय हेमराज भुजेलले भने, ‘बिरामी लिएर साइरन बजाउँदै आएको एम्बुलेन्सलाई साइड दिने ठाउँ समेत हुँदैन ।’ सडक मर्मत सुधारमा स्थानीय सरकारले चासो नदेखाएपछि अहिले सामाजिक सञ्जालहरूमा पनि आलोचना हुन थालेको छ । प्रतिष्ठानकै प्रशासन शाखामा कार्यरत कर्मचारी महेश्वर राईले खाल्डाखुल्डीको फोटो पोस्ट गर्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । ३ महीनाअघि स्थानीयले प्रतिष्ठान जाने सडकको खाल्डाखुल्डी  पुर्न ध्यानाकर्षण गराउँदै धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई ज्ञापनपत्र बुझाएका थिए । चौतर्फी विरोध हुन थालेपछि उपमहानगरपालिकाले खाल्डाखुल्डी पुर्ने काम ग¥यो । तर केही दिन नबित्दै सडकमा पुनः खाल्डाखुल्डी परेका छन् । सडक निर्माणको दायित्व सडक डिभिजन कार्यालयको भन्दै उपमहानगरपालिका र बीपी प्रतिष्ठान पन्छिने गरेका छन् । तर सडक डिभिजनले चासो नदिनु र स्थानीय सरकारले पनि ‘झारो टार्ने’ काम मात्र गरेकाले समस्या समाधान नभएको स्थानीय बताउँछन् । राष्ट्रिय राजमार्ग अन्तर्गत सडक पर्ने भएकाले बेरुजू हुने डरले बजेट विनियोजन नगरिएको धरान उपमहानगरपालिकाको भनाइ छ । उपमहानगरका अनुसार यो सडक निर्माणको जिम्मा सडक डिभिजन कार्यालयको हो । तर सम्बन्धित पक्षले ध्यान नपुर्‍याउँदा दिनप्रतिदिन जोखिम बढ्दै गएको छ ।

बीपी प्रतिष्ठान : उपकुलपतिको कार्यकक्षमा लगाइएको ताला फोडियो

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक तथा विद्यार्थीले प्रमुख पदाधिकारीहरूको कार्यकक्षमा डेढ महीनादेखि लगाएको ताला राजनीतिक दल निकट युवा संघहरूले फोडेका छन् । सोमवार प्रतिष्ठानमा पुगेर तीन राजनीतिक दल निकट संठगनहरूले विरोध प्रदर्शन गर्दै उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा लगाइएको ताला फुटाएका हुन् । बीपी सुधार अभियान अन्तर्गत प्रमुख पदाधिकारीहरूको राजीनामा लगायतको माग राख्दै आन्दोलित संयुक्त संघर्ष समितिले आइतवारदेखि आकस्मिक तथा कोभिड अस्पतालको बाहेक अन्य सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो । प्रतिष्ठान सुधारको माग राख्दै चिकित्सक तथा विद्यार्थीले गरेको आन्दोलनलाई सहज ढंगले निकासतर्फ लैजानुपर्नेमा राजनीतिक दलहरूले प्रतिष्ठानमा अराजकता भिœयाएको आरोप समितिको छ । दलहरूको यस्तो हर्कतले प्रतिष्ठानमा काम गर्न सक्ने वातावरण झनै बिग्रने आन्दोलित चिकित्सकहरूले बताएका छन् । ‘हामीले सेवा ठप्प पारेका होइनौं, बहिष्कार गरेका हौं, आकस्मिक र कोभिड अस्पतालमा सेवा दिइरहेका छौं,’ प्रतिष्ठानका चिकित्सक डा. प्रकाश पराजुलीले भने, ‘सोमवारको घटनाले हामीले असुरक्षा महसूस गरेका छौं ।’ नेकपा एमाले धरान नगर कमिटी, संघीय लिम्बुवान मञ्च नेपाल धरान नगर कमिटी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको विरोध गरेका छन् । प्रतिष्ठानमा सृजित अराजकताले विद्यमान समस्या झनै बढाएको धरानका बुद्धिजीवी तथा धरान नागरिक दबाब सञ्जालका संयोजक प्राडा. राजेन्द्र शर्माले बताए । ‘सोमवारको घटनामा असहिष्णुता देखाउने अराजनितिक कार्य हो, लोकतन्त्रमा एउटा समूहले उठाएका शान्तिपूर्ण आन्दोलनलाई अर्को समूहले धैर्यपूर्वक सुन्ने अभ्यास गर्नुपर्नेमा ताला तोड्ने काम अराजकता र असहिष्णुताको पराकाष्ठा हो ।’ ताला तोड्न पुगेका राजनीतिक दलका युवा र प्रहरीबीच झडपसमेत थियो । सो क्रममा केही प्रहरी र राजनीतिक दलका कार्यकर्ता घाइते भएका छन् । ताला तोडफोडमा संलग्न राजनीतिक दलका कार्यकर्ताले भने बीपी प्रतिष्ठानको शुद्धीकरण आन्दोलनप्रति आफूहरूको समर्थन रहे पनि उपचार सेवा ठप्प भएकाले यसको विरोध गर्नुपरेको बताएका छन् । बीपीको शुद्धीकरणको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक डा. एसपी रिमालले राजनीतिक दलले सोमवार प्रतिष्ठानमा गरेको प्रदर्शन र ताला फुटाएको घटना निन्दनीय भएको बताएका छन् । ‘चरम लापरबाही र बेथितिले प्रतिष्ठान धराशयी भइरहेको बेला राजनीतिक दलले खबरदारी गर्नुपर्नेमा यसरी प्रतिरोधमा उत्रनु दुःखद छ,’ उनले भने । यद्यपि प्रतिष्ठान सुधारको समाधान नआएसम्म आपूmहरूको आन्दोलन नरोकिने उनले बताए । प्रतिष्ठान सुधारका सम्बन्धमा यसअघि भएका सहमति र सम्झौता कार्यान्वयन नभएकाले दबाबस्वरूप ओपीडी सेवा ठप्प पार्नुपरेको आन्दोलनरत समितिले बताएको छ । चिकित्सकहरूले सोमवार उपकुलपति कार्यालय परिसरमा केही बिरामीको स्वास्थ्य परीक्षण भने गरेका थिए । यसैबीच, प्रतिष्ठानका सहायक निर्देशक र नायब अस्पताल निर्देशकले पदबाट राजीनामा दिएका छन् । दुईवर्षे कार्यकालका लागि नियुक्ति भएका नायब अस्पताल निर्देशक डा. दिव्यराज मिश्र र सहायक निर्देशक डा. प्रमोद बरालले राजीनामा दिएका हुन् । डा. मिश्रले सोमवार राजीनामा दिएका हुन् भने डा. बरालले १० दिनअघि राजीनामापत्र बुझाइसकेका छन् । राजीनामापत्रमा आफ्नो व्यस्तताको कारण देखाइए पनि काम गर्न सक्ने वातावरण नभएकाले राजीनामा दिएको बुझिएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चूणामणि पोखरेलले दुवैजनाले राजनिामा दिएको पुष्टि गरे । उनीहरूको राजीनामापत्र स्वीकृत भए÷नभएकोमा विषयमा भने आफू अनभिज्ञ रहेको उनको भनाइ छ ।

बीपी प्रतिष्ठान धरानमा अख्तियारको छापा

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै चिकित्सक र कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउँदै आएका छन् । यस विषयमा अख्तियारकाे केन्द्रीय कार्यल

त्यस्तो बीपी प्रतिष्ठान यस्तो भयो, अब यसरी सुधारौं

उपकुलपतिलगायत विभिन्न पदाधिकारी चलखेलका आधारमा नियुक्त गरिएका आरोपमात्र लागिरहेको छैन, उपकुलपतिलगायत पदाधिकारी र कर्मचारीमाथि भ्रष्टाचारको अभियोग पनि लागेको छ, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत निकायमा मुद्दा परेको छ।

बीपी प्रतिष्ठान : पदाधिकारीले डुबाए, सरकार रमिते

२२ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै कर्मचारी, चिकित्सक, प्राध्यापक, विद्यार्थी र नागरिक समाजले आन्दोलन शुरु गरेको २२ दिन भयो । उनीहरुले हरेक दिन बिहान ८ देखि १० बजेसम्म प्रतिष्ठान परिसरमा प्रदर्शन गर्दै आएका छन् । २२ दिनयता उपकुलपति सहित चार जना पदाधिकारीको बहिर्गमनलाई बटमलाइन बनाएको टोलीले वार्ता र प्रतिष्ठानभित्रको […]