काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा भारी वर्षा, केही स्थानमा धेरै भारी वर्षाको चेतावनी

देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा शुक्रबार मुसलधारे वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश क्षेत्रमा बदलीसँगै वर्षा भइरहेको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदरभन्दा दक्षिणतर्फ तथा पश्चिमी भूभागमा सरदर स्थानको आसपास रहेको […]