काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेश सभा बैठकमा उनले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो। कायम रहेको ८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ मत आवश्यक थियो। मतदानमा ७१ सांसद सहभागी भएका थिए। प्रस्तावको पक्षमा परेको ४५ […]