सरकारले भारत, चीन, संयुक्त राज्य अमेरिकासहित १३ देशका लागि नेपाली राजदूत नियुक्तिको सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतमा सिफारिस भएका व्यक्तिहरूको नाम संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको हो। १३ देशका लागि राजदूत सिफारिस भएको विवरण अन्य सार्वजनिक स्रोतबाट समेत पुष्टि भएको छ। मन्त्रिपरिषद्ले भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका […]