गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौं अन्तर्गतको प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–३ गोकर्ण बस्नेत गाउँको एक घरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।