काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान, न्यायपालिका, निर्वाचन तथा राष्ट्रिय हितका विषयमा आफ्ना धारणा व्यक्त गरेका छन्। सञ्चारकर्मीहरूसँगको छलफलमा अध्यक्ष ओलीले राज्य संयन्त्रले आवश्यक सहयोग नगरे प्रधानमन्त्री एक्लैले सबै काम गर्न नसक्ने बताएका छन्। उनले मुलुकको लोकतान्त्रिक व्यवस्था, राज्य सञ्चालन र न्यायपालिकाको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। […]