नेपालगन्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन, केही दिनमै हस्तान्तरण हुने

नेपालगन्ज। बाँकेको नेपालगन्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन निर्माण भएको छ। तोकिएको समयअघि नै निर्माण सकिएको उक्त भवन केही दिनमा नेपालगन्ज विमानस्थल टर्मिनल भवन आयोजनालाई हस्तान्तरण गरिनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले शुक्रबार टर्मिनल भवनको निरीक्षण गर्दै यथाशीघ्र सञ्चालनमा आउने गरी काम भइरहेको जानकारी दिए। उनले पोखरा, भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा गुणस्तरीय भवन […]