काठमाडौं । नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले जनकपुरधामलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद महतोले सीता–राम विवाहस्थलको धार्मिक पहिचानलाई प्रवद्र्धन गर्दै जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटन केन्द्र बनाउने स्पष्ट योजना, प्रभावकारी व्यवस्थापन र समुचित बजेटको आवश्यकता औंल्याउनुभयो । सांसद महतोले जनकपुरधामलाई ‘डेस्टिनेसनल वेडिङ हब’को रुपमा विकास गर्न […]