साफ महिला क्लब च्याम्पियनसिप : फाइनलमा एपीएफ

काठमाडौँ। राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालको एपीएफ क्लब समूह उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेरश्वरस्थित दशरथ रंगशालामा आज (बुधबार) भएको राउन्ड रोबिन लिगको अन्तिम खेलमा भारतको इस्ट बंगालसँग गोलरहित बराबरीमा खेल्दै एपीएफ उपविजेताका रुपमा फाइनलमा प्रवेश गरेको हो। त्यसैगरी बराबरी खेलसँगै इस्ट बंगाल पनि समूह विजेता बन्दै प्रतियोगिताको फाइनलमा पुग्यो। […]