काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी क्षेत्र नं २ का क्षेत्रीय कार्यसमितिका सभापति श्यामकुमार यादवको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाको तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी असार १७ गते राति ११:३० बजे ६० वर्षको उमेरमा निधन भएका यादवप्रति दुःख व्यक्त गरेका हुन् […]