हिसिला यमीको प्रयास : समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउँदै

काठमाडौं, ३ फागुन : जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भित्र विवाद चर्किंदै जाँदा हिसिला यमीले समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउने प्रयासमा जुटेकी छिन् । उनको पति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगायतले जसपा नेपालमा ‘समावेशी र सामूहिक नेतृत्व’का लागि अध्यक्ष उपेन्द्र यादवविरुद्ध संघर्ष चर्काइरहेको बेला यमीले भने ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ता गराउने प्रयासमा जुटेकी हुन् । […]