भारतीय नागरिकको हत्या अभियोगमा १ जना पक्राउ

काठमाडौंमा बस्ने भारतीय नागरिकको हत्या गरी फरार भइरहेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । भारतको मोतिहारी जिल्ला घर भई काठमाडौं महानगरपालिका–१६ बाईपास ओरालो तरुण मावि नजिक बस्ने २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले काठमाडौंबाट वीरगञ्जतर्फ टाटा सुमो रिजर्भ गरी भागिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले पक्राउ गरेको हो । शर्माले भारतीय नागरिक २५ वर्षीय कलाम मियामाथि धारिलो हतियार कैची प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ । शर्माको कैची प्रहारबाट घाइते भएका मियाको त्रिभुवन...