उडान–अवतरणको लागि इलामको सुकिलुम्बा विमानस्थल तयार

सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उडान–अवतरणका लागि तयार भएको छ । सामान्यबाहेक विमानस्थल निर्माणको सबै मुख्य कार्य पूरा भएको हो ।

सम्बन्धित सामग्री

तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सुरू गर्ने

तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा सुरू गर्ने भएको छ ।इलाम नगरपालिका र तारा एयरबीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने सम्झौता भएको थियो । सम्झौता अनुरुप आगामी ८ फागुनदेखि प्रत्येक आइतबार काठमाडौंबाट इलाम उडान–अवतरण हुने निश्चित भएको नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले जानकारी दिए ।इलाममा हवाई उडानको यो सम्झौताका लागि पहल […]

फागुनदेखि तारा एयरले इलाममा उडान गर्ने

काठमाडौं (अस) । तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा शुरू गर्ने भएको छ । इलाम नगरपालिका र तारा एयर प्रालिबीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्न सम्झौता भएअनुसार फागुन ८ देखि प्रत्येक आइतवार काठमाडौं–सुकिलुम्बा उडान हुने भएको हो । नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले पूर्वका पर्यटन व्यवसायी उत्साहित भएको बताए । उनका अनुसार नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा रू. ८ हजार ७०० तोकिएको छ । सम्झौताअनुसार ११/११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ । नगरपालिकाले एकतर्फी भाडा तिरेर दुईतर्फकै उडानमा सहुलियत दिइएको समेत उनले बताए । ‘इलाम आफैमा राम्रो पर्यटकीय गन्तव्य हो, इलामलाई प्रकृति र संस्कृतिको संगम मान्ने गरिन्छ । त्यहाँ पर्यापर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ,’ उनले भने । हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको संख्या बढ्ने उनको दाबी छ । इलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तु सर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदि पर्यटकीय आकर्षणका केन्द्रका रूपमा रहेका छन् ।

सुकिलुम्बा विमानस्थल सञ्चालनको तयारी

इलाम । इलामको सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने भएको छ । यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ । अगामी फागुन ८ देखि प्रत्येक आइतवार उडान–अवतरण हुने निश्चित भएको हो । नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाजको एकतर्फी भाडा ८ हजार ७०० रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार ११/११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ ।      नगरपालिकाले एकतर्फ भाडा तिरे दुईतर्फकै उडानमा सहुलियत दिएको छ । नगर प्रमुख महेश बस्नेतले आठ हजार ७०० मा टिकट काटिएपछि आउने–जाने दुवैतर्फी टिकट यात्रुले पाउने जानकारी दिए । कम्तीमा तीन महिना नियमित सञ्चालन गर्ने गरी सम्झौता भएको छ । सो अवधिमा इन्धनको मूल्य फरक परेमा सोहीअनुसार भाडा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ । गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएको थियो । विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र भएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड खर्च भइसकेको प्राधिकरणले बताएको छ । २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । विमानस्थल सञ्चालनपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङ, सिक्किमलगायतका बासिन्दालाई काठमाडौं आउन जान सहज हुनेछ । रासस

सेल्फी स्थलमा परिणत हुँदै इलामको सुकिलुम्बा विमानस्थल

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अहिले सेल्फी खिच्ने ठाउँ बनेको छ भन्दा पत्याउन गाह्रो पर्छ । तर, नपत्याइँ सुखै छैन । जहाज उड्ने छाँटकाँट नहुँदा बिमानस्थललाई अहिले युवायुवतीले घुमघाम गर्ने, सेल्फी खिच्ने र रमाईलो गर्ने ठाउँ बनाएका छन् । इलामको यो फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण प्रक्रिया थालेको २० वर्ष बित्यो । तर, अझ यसको […]