आजको मौसम : देशभर बदली र वर्षा

देशभर मनसुन सक्रिय हुन थालेसँगै पानी पर्न थालेको छ । जसले गर्दा ठाउँ ठाउँमा बाढी पहिरो जाँदा मानिसले दु:ख पाउन थालेका छन् । हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र...

सम्बन्धित सामग्री

देशका विभिन्न स्थानमा वर्षा, केहीबेरमा मौसम सुधार हुने

राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले वर्षा गराएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । उनका अनुसार पछिल्लो एक घन्टामा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ । अहिले काठमाडौँमा कीर्तिपुर, सिनामङ्गल, रत्नपार्क, माइतीघरलगायत […]

यस्तो छ आजको मौसम : केही स्थानमा हल्का वर्षा

काठमाडौं : बिहीबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि छिटफुट बाहेक ठूलो पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई ठाउँमा हल्का वर्षा हुनेछ। देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागको मौसम सफा रहने अनुमान गरिएको महाशाखाले जनाएको छ।

पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले देशका  पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ ।

आजको मौसम : चार प्रदेशमा वर्षा

काठमाडौं : बागमतीसहित प्रदेश १, मधेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा गए रातिदेखि नै पानी परिरहेको छ।काठमाडौं उपत्यकाका धेरै स्थानमा गएराति भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।त्यस्तै अहिले नवलपरासी पूर्वको दुम्कौली, डण्डा, अरुण खोला र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको छ। दुम्कौलीमा पछिल्लो ३ घण्टामा ८० मिलिमिटर वर्षा भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्ष

मौसम बदली, केही ठाउँमा भारी वर्षा हुने

१२ भदौ, काठमाडौं । मौसम बदली भएको छ । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको […]

आजको मौसम : विभिन्न स्थानमा वर्षा

काठमाडौं : देशका विभिन्न स्थानमा शनिबार पनि वर्षाको सम्भावना छ। केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले प्रदेश–१ र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने विभागको अनुमान छ।वर्षाको सम्भावना रहेका पहाडी स्थानमा पहिरो जानसक्ने भएकाले सचेत रहन पनि विभागले आग्र

आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।...

आजको मौसम : यी स्थानमा हुँदैछ वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज बिहान प्रदेश १, गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्यता बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशका कुनै स्थानमा आंशिक बदली भए पनि अन्य स्थानमा […]

आजको मौसम : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको हो।शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिक बदली रहेको छ। अन्य प्रदेशको मौसम सामान्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मौसमविद् प्रतिभा मानन्धरका अनुसार शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का बर्षा हु

आजको मौसम : अहिले यी स्थानमा भइरहेको छ वर्षा

काठमाडौं : अहिले भारतको बिहार तथा आसाममा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा पनि परेको छ। सोही मौसमी प्रणालीका कारण नेपालमा बदली र वर्षा गराएको हो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको…