संसदमा प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव पेस, एमालेको अवरोध कायमै

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकै बीच प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पेस भएको छ। आइतबारको बैठकमा राणामाथिको महाअभियोग प्रस्ताव पेश भएको हो। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका हुन्। फागुन १ गते ९८ सांसदको हस्ताक्षरसहित राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव पेश […]