वेस्ट इन्डिजका निकोलस पुरनले पनि नेपालविरुद्ध शतक बनाए - NepaliPatra

काठमाडौँ। वेस्ट इन्डिजका निकोलस पुरनले नेपालविरुद्ध शतक बनाएका छन्। आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत नेपालविरुद्ध ब्याटिङ गरिरहेको पुरनले शतक बनाएका हुन्। निकोलस पुरनले ८१ बलमा एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक बनाएका हुन्। नेपालका लागि बलिङतर्फ करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले एक–एक विकेट लिएका छन्। पुरनसँगै शाही होपले पनि शतक बनाएका छन्।