आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। ढिलागरी मनसुन शुरुहुँदा देशभर ७७ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। मिटरब्याज प्रकरणमा अहिलेसम्म कूल २३ हजार ९६१ उजुरी दर्ता भएका छन्। तनहुँका किसानलाई पाडापाडी हुर्काउन र दूध उत्पादनका लागि पशुसेवा विज्ञकेन्द्र तनहुँले १६० किसानलाई जनही १० हजार रुपैयाँ अनुदान दिएको छ। हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्च अदालतद्वारा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ।