स्थानीय तह निर्वाचनअन्तर्गत लमजुङका १३ जना वडा अध्यक्ष दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । जिल्लाका ७५ वडामध्ये विभिन्न स्थानीय तहका १३ जना वडा अध्यक्ष दोस्रो पटक निर्वाचित भएका हुन् ।दोहोर्याउने वडा अध्यक्षमध्ये मध्यनेपाल, सुन्दरबजार र क्होलासोँथारमा तीन-तीन जना छन् भने मर्स्याङ्दीमा दुई जना, बेसीशहर र दोर्दीमा एक एकजना रहेका छन् । जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार बेँसीसहरको वडा नम्बर ८ को अध्यक्षको दोस्रो कार्यकाल रहेको छ । यसैगरी, दोर्दीको वडा ६ का वडा अध्यक्ष पुनः निर्वा