अब कर्जा लगानी बढ्छ : गभर्नर अधिकारी

काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लचिलो मौद्रिक नीति अवलम्बन गरिरहेको भन्दै अब कर्जा लगानी बढ्ने दाबी गरेका छन् । बुधवार प्रतिनिधिसभा, अर्थ समितिको बैठकमा उनले मौद्रिक नीतिको लचिलो कार्यदिशा र तरलतामा आएको सुधारले अल्पकालीन तथा दीर्घकालीन ब्याजदर घटिरहेको बताए । सोहीकारण निजीक्षेत्रमा कर्जा प्रवाह बढ्ने उनको भनाइ छ । गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा गएको कर्जा गत आर्थिक वर्ष (आव)को पहिलो तीन महीनाको तुलनामा चालू आवको सोही अवधिमा १०९ अर्ब रुपैयाँले बढेको बताए । यस्तै अन्तरबैंक ब्याजदर पनि गतवर्षको असोजमा २ दशमलव २६ प्रतिशत रहेकोमा अहिले घटेर १ प्रतिशत हाराहारीमा रहेको र आधारदर घटेर ९ दशमलव ९४ प्रतिशतमा आएको बताए । चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आकलन गरिएको उनको भनाइ छ । चालू आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न शुरू भएकाले उक्त अंकको आर्थिक वृद्धि हासिल हुने अनुमान गरिएको उनले बताए । गभर्नर अधिकारीले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको बताए । बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको पनि उनको भनाइ छ । लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्ममा १ दशमलव ७ प्रतिशतले बढेकोमा कात्तिकमा ३ दशमलव ८ प्रतिशतले बढेको र व्यापार घाटा ३ दशमलव ३ प्रतिशतले घटेको उनले बताए । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले ब्याजदर एकल अंकमा ल्याउँदा टिकाउन नसकिने बताए । अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले पेश गरेको तथ्यांक अनुसार २०८० असोजसम्ममा विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेकाले चालू खाता ५९ अर्ब रुपैयाँले बचतमा छ । राष्ट्र बैंकले बाह्य क्षेत्रको स्थायित्व, बैंक तथा वित्तीय क्षेत्रको सुदृढीकरण र बजार मूल्य स्थिर राख्ने काममा सजग भएर काम गरिरहेको उनले बताए । ‘यी तीन विषयमा स्थायित्व दिन सके मात्र समग्र अर्थतन्त्रमा स्थायित्व कामय हुनेछ,’ उनले भने । निर्माण उद्योगमा आएको समस्याले उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन गर्न नसक्दा कर्जाको मागमा कमी आएको उनले बताए । गभर्नर अधिकारीले मौद्रिक नीतिको समीक्षामा भइरहेको ढिलाइबारे पनि अर्थ समितिमा स्पष्टीकरण दिएका छन् । अर्थसचिव देशबाहिर रहेकाले मौद्रिक नीतिको समीक्षामा ढिलाइ गरिएको उनले बताए । ‘अर्थ मन्त्रालय र गभर्नरको सम्बन्ध बिग्रिएको भन्ने हल्ला छ,’ उनले भने, ‘अर्थसचिव पनि नेपालमा हुनुहुन्न । सोहीकारण उहाँ बैठकमा सहभागी हुनुहुन्न । मौद्रिक नीतिको समीक्षा अर्थसचिव नभए पनि बोर्ड बैठकबाट पारित गर्न मिल्छ, तर सम्बन्ध बिग्रिरहेको भन्ने हल्लाको समयमा किन मौद्रिक समीक्षा ल्याउनु भनेर ढिलाइ गरिएको हो ।’ नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले ब्याजदर एकल अंकमा ल्याउँदा टिकाउन नसकिने बताए । ब्याजदर एकल अंकमा आउनासाथ आयात बढ्ने र यसले विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने उनको भनाइ छ । ब्याजदर एकल अंकमा आउँदा घरजग्गालगायत सम्पत्तिको मूल्य बढ्ने र यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने पनि उनले बताए । नेपालको आन्तरिक उत्पादन कमजोर रहेकाले एकल अंकमा ब्याजदर ल्याउँदा फाइदा नहुने उनको भनाइ छ ।

सम्बन्धित सामग्री

पुनरुत्थानका प्याकेजले अर्थतन्त्रमा सकारात्मक प्रभाव : गभर्नर अधिकारी

कात्तिक १५, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अघिल्लो आर्थिक वर्षमा लिइएका पुनरुत्थानका प्याकेजले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको बताएका छन् ।             नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले यहाँ सोमवार आयोजना गरेको ‘गहिरिंदो तरलता अभाव : कारण र समाधान’ विषयक अन्तरक्रियामा गभर्नर अधिकारीले सरकार र नेपाल राष्ट्र बैंकको सामूहिक प्रयासले अर्थतन्त्र छिटो पुनरुत्थान भएको बताए । उनले आर्थिक पुनरुत्थान प्याकेजहरुको सकारात्मक प्रभावबाट निजी क्षेत्र पनि उत्साहित भएको उल्लेख गरे। ‘अर्थतन्त्रको पुनरुत्थान निकै राम्रो भयो तर यसको चाप तरलतामा परेको देखिन्छ, तथापि अहिले पनि तरलता अभावका कारण कर्जा नै नपाइने हो कि भनेर चिन्तित हुनुपर्ने अवस्था छैन ढिलो चाँडो कर्जा पाउँछन्’, उनले भने ।            राष्ट्रिय राजनीतिमा परिवर्तन तथा चाँडो सरकार फेरिने कारणले पनि तरलताको समस्या आएको गभर्नर अधिकारीको भनाइ छ । उनका अनुसार चालू आवयता ३५१ अर्ब कर्जा लगानी भएको छ । यो अवधिमा निक्षेप संकलन १ खर्ब रुपैयाँ पनि पुगेको छैन जसका कारण तरलता अभाव भएको छ । अहिलेको अवस्थामा उत्पादनमूलक र उत्पादनशील क्षेत्रमा बैंकहरुले ऋण कर्जा उपलब्ध गराउनुपर्ने गभर्नर अधिकारीको धारणा छ ।             कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले पूँजीगत खर्च बढाउन नसक्दा तरलताको अवस्था आएको भन्दै यसले शिक्षा र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पर्ने बताए । उनले तरलता अभावले करीब ४५ लाख शेयर लगानीकर्तासमेत प्रभावित हुने खतरा औंल्याए। कोभिड महामारीबाट अति प्रभावित पर्यटन तथा साना र मझौला उद्योग पुनरुत्थान कठिन हुने उनको भनाइ छ ।             नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको कर्जा व्यवस्थापनमा राष्ट्र बैंकले ध्यान दिनुपर्ने खाँचो औंल्याए । उनले देशका कुल ७५३ ओटा स्थानीय तहमध्ये ७५० मा बैंकिङ सेवा पुगेको र बाँकी तीन ओटा तहमा पनि छिट्टै विस्तार गरिने लक्ष्य रहेको जानकारी दिए ।रासस

घाँटी नअड्कली हड्डी निल्न खोज्दा बैंकिङ प्रणालीमा तरलता अभाव: गभर्नर अधिकारी

काठमाडौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘गहिरिँदो तरलता अभावः कारण र समाधान’सम्बन्धी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप संकलनको तुलनामा कर्जाको माग बढी भएकाले तरलतामा चाप परेको बताएका छ्न् । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३५१ कर्जा लगानी हुँदा निक्षेप ७० अर्ब मात्रै रहेको अधिकारीले बताए […]